भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि ‘युवा सङ्कल्प यात्रा’

झापा । भ्रष्टाचारको नियन्त्रण र सुशासनलगायत १० बुँदे सङ्कल्पसहित शुक्रबार झापाबाट सुरुभएको मेची–महाकाली ‘युवा सङ्कल्प यात्रा’ आज मोरङको बेलबारी आइपुगेको छ । नेपाली कांग्रेसका नेता तथा अभियानका संयोजक भूपेन्द्रजङ शाहीले उक्त सङ्कल्प यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज,  भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै मङ्सिर ४ गते महाकाली पुगेर समापन हुने बताए । उनले संसद्का दुई ठूला पार्टी मिलेर बनेको सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने र त्यसका लागि ध्यानाकर्षण गराउन पनि यात्रा प्रारम्भ गरिएको बताए ।

“कांग्रेस र नेकपा (एमाले) सरकार छ । विशिष्ट परिस्थितिमा बनेको यस सरकारलाई असफल हुने छुट छैन । त्यसैले जनतामा आशा, भरोसा र विश्वास जगाउन सक्नुपर्छ । सरकारका लागि सरकार बनेर मात्रै हुँदैन ।

यसबारे ध्यानाकर्षण गराउने हाम्रो पनि भूमिका हुन्छ”, संयोजक शाहीले भने,“यात्राले युवालाई राजनीतिक आन्दोलनको मात्र नभइ आर्थिक विकासको साझेदार बनाउने उद्देश्यसमेत लिएको छ । लोकतान्त्रिक मूल्यमान्यता प्रवर्द्धन, दण्डहीनताको अन्त्य, भ्रष्टाचार उन्मूलन, सुशासन, युवा उद्यमशीलताको प्रवर्द्धन र राष्ट्र निर्माणको नेतृत्व गर्न पनि अभियान सार्थक हुने अपेक्षा गरेका छौँ ।”कांग्रेस मोरङका सभापति तथा सङ्घीय सांसद डिगबहादुर लिम्बूले सङ्कल्प यात्रा सफलताको शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img