राजेन्द्र बजगाईंलाई कारबाही गर्न माग गर्दै पर्यटनमन्त्री पाण्डेले दिए पार्टीमा उजुरी

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री बद्री पाण्डेले शृंखलाबद्ध रूपमा आफूविरुद्ध कुप्रचारमा उत्रिएको भन्दै सांसद राजेन्द्र बजगाईंविरुद्ध कांग्रेसमा उजुरी दिएका छन् ।

कांग्रेस सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेले शुक्रबार बजगाईंमाथि अनुशासनको कारबाही माग गर्दै पार्टीमा उजुरी दिएका हुन् । पर्यटनमन्त्री पाण्डेका तर्फबाट उनको सचिवालयले पार्टीको अनुशासन समिति र संसदीय दलमा बजगाईंविरुद्ध उजुरी दर्ता गराएको हो । उजुरीमा कांग्रेसका महासमिति सदस्य तथा गोरखा -१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य  बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृंखलाबद्ध रूपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा कुप्रचार गर्दै आएको उल्लेख छ ।

‘कांग्रेसका निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए/गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ । लोकतन्त्र र विधिको शासनमा यसखाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाएर इमान र निष्ठाको उपहास हुनेछ,’ उजुरीमा भनिएको छ ।

बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । लगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाईंले पाण्डेविरुद्धका सबै स्टाटसहरू सामाजिक सञ्जालबाट हटाएका थिए । मन्त्री पाण्डेले सांसद बजगाईंको अमर्यादित, अवाञ्छित, अराजक तथा गैरकानुनी काममाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img