अर्घाखाँची जेसीजको सम्भाव्यता अध्ययन

अर्घाखाँची ।  सम्भावित  अर्घाखाँची  जेसीजको सम्भाव्यता अध्ययन गरिएको छ । बुटवल  जेसीजको आयोजनमा अर्घाखाँचीमा  स्थापना हुन लागेको अर्घाखाँची  जेसीजको आवश्यकता र सम्भाव्यता सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले समग्र समाजको सकारात्मक विकास र युवाहरुको नेतृत्व विकासका लागि जेसीज महत्वपूर्ण संस्था भएको बताए । व्यक्तिगत विकास मात्र नभइ समग्र समाजको विकासमा लाग्न जेसीज माध्यम भएको श्रेष्ठले उल्लेख गरे ।
उनले  जेसीजको माध्यमबाट नगरको समृद्धिमा लाग्नुपर्ने भन्दै जेसीजको महत्व बुझेर लाग्न युवाहरुलाई अनुरोध गरे । हरेक तहका सरकारको सुशासनका लागि सकारात्मक रुपमा खबरदारी गर्नुपर्ने जिम्मेवारी युवाहरुको रहेको भन्दै समुन्नत र अनुशासित समाजको आवश्यकता अहिलेको महत्वपूर्ण उपलब्धि भएको श्रेष्ठको भनाइ छ  ।

अर्घाखाँचीमा स्थापना हुन लागेको अर्घाखाँची जेसीजसँग सहकार्य गरेर नगरको विकासमा लाग्ने बताउँदै स्थानीय सरकार अविभावकको रुपमा रहने प्रतिबद्धता नगरप्रमुख श्रेष्ठले  व्यक्त गरे ।

उनले युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै  युवाले गरेका गतिविधिलाई चिनाउन जेसीजले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । युवाहरुलाई उद्यमी र व्यवसायी बन्न सिकाई समाजको विकाससँगै नेतृत्व गर्न जेसिसले सिकाउने भएकाले जेसीज स्थापना गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले झण्डाको राजनीति नभइ सबैलाई समान अवसर प्रदान गर्ने युवाहरुको अन्तर्राष्ट्रिय संस्था जेसीज भएकाले यो संस्थाको विकासका लागि नगरपालिका लागि पर्ने बताए । साथै प्रस्तावित अर्घाखाँची जेसीजलाई चाँडै नै अर्घाखाँची जेसीज बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा  जेसिज २०२४ का राष्ट्रिय उपाध्यक्ष गणेश सापकोटाले जेसीजले समाजको नेतृत्वसँगै विकासको संवाहक बनेर काम गर्ने बताए  । कार्यक्रममा सन्धिखर्क नगरपालिका  वडा नं. १ का वडाध्यक्ष  माधव श्रेष्ठले समय र उमेरसँगै हरेक युवाहरुको मस्तिष्कको विकास हुन जरुरी रहेको भन्दै समय समपेक्ष विकासमा लाग्न युवाहरु सक्रिय जेसिजले अर्घाखाँचीको विकासमा महत्वपूर्ण भूमिका  खेल्ने बताए ।

कार्यक्रममा भूमिकास्थान नगरपालिका  वडा नं.८ का अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्लो समय युवाहरुमा नकारात्मक प्रभावसँगै हरेक क्षेत्रमा वितृष्णा पैदा भएको बताए ।  उनले सकारात्मक सोंच र प्रवृत्तिको विकासका लागि जेसीजले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बुटवल  जेसीज वर्ष २०२४ का अध्यक्ष बिनोद घिमिरेले सम्भावित अर्घाखाँची जेसीजलाई बुटवलको प्रस्ताव र बुद्वभुमी जेसिजको समर्थनमा अर्घाखाँची जेसिसको स्वीकृति प्रदान गर्न आवश्यक रहेको भन्दै अर्घाखाँची  जेसीजका अध्यक्ष ओमहरि आचार्यलाई जेसीजको पिन हस्तान्तरण गरेका थिए  । कार्यक्रमको उद्देश्यमाथि प्रकाश गर्दै बुटवल जेसीज वर्ष २०२४ का बिनोद घिमिरेले व्यक्तित्व, नेतृत्व र उद्यमशिलताको विकासका लागि जेसीज महत्वपूर्ण संस्था रहेको बताए ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै सम्भावित अर्घाखाँची  जेसीजका अध्यक्ष  ओमहरि आचार्यले  सुशासनसहितको समुन्नत अर्घाखाँची बनाउने अभियानका लागि जेसीज स्थापना गर्न लागेको भन्दै संस्थाको विकासका लागि सबैको सहयोगको खाँचो रहेको बताए  । बिनोद घिमिरेको  अध्यक्षतामा भएको कार्यक्रम नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको प्रमुख  आतिथ्यतामा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img