ग्लोबल सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

बुटवल, २० पुस । बुटवल स्थीत ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लि. को तेस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष पदमलाल घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी विभागका प्रमुख गुणाखर खनालले सहकारीमा आवद्ध हुनेहरुले इमान्दारी पूर्वक काम गर्नुपर्ने बताए ।

सहकारीका मुल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्नुपर्ने धारणा राख्दै उनले सहकारी सदस्यहरुले सहकारीका कार्यक्रमहरुमा चासो राख्नुपर्ने बताए । कार्यक्रममा यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेल, उपाध्यक्ष ठानेश्वर बस्याल, औषधी ब्यवसायी संघका लुकराज न्यौपाने, सहकारीका सदस्य भरतमणि घिमिरे, सरस्वती बस्याललगायतले सहकारी क्षेत्रको चर्चा गरेका थिए । साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पदमलाल घिमिरेले सहकारीले गरेका काम र भावि योजना प्रस्तुत गरेका थिए ।

सहकारीका सचिव खगेश्वर भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा लेखा समितिको प्रतिवेदन रिखिराम भट्टराई र आर्थिक प्रतिवेदन ब्यवस्थापक लक्ष्मण रेग्मीले प्रस्तुत गरेका थिए । बन्द सत्रमा अध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन तथा आर्थिक प्रतिवेदन माथि छलफल भएको थियो । छलफल पछि ती प्रतिवेदन पारित गरिएको थियो ।

सहकारीको उद्घाटन सत्रमा उत्कृष्ट बचतकर्ता तथा ऋणिका तर्फबाट नियमित ब्याज तथा किस्ता बुझाउने मध्येबाट एक एक जनालाई सम्मान गरिएको थियो । त्यस्तै एसइइमा उत्कृष्ट अंक ल्याउने सहकारी सदस्यका छोराछोरी मध्येबाट सामुदायीक विद्यालय तर्र्फ निशान रेग्मी र सस्थागत विद्यालय तर्फ कृपा घिमिरेलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img