अर्घाखाँची । विगेन नेपालको अर्घाखाँची शाखा आजबाट सन्धिखर्कमा उदघाटन भएको छ । कोरियन थेरापिबिधिबाट उपचार गर्ने छ । बिगेन नेपालको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ र बिगेन नेपालका संस्थापक प्रकाश श्रेष्ठले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको हो।
कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बिगेन नेपाल थर्मल थेरापीको पहिलो र महत्वपूर्ण फाइदा भनेको स्वास्थ्य सुधार र स्वास्थ्य सचेतना नै भएको बताउनुभएको छ।
उहाँले निःशुल्क यस्तो खालको कोरियन थेरापी आम नागरिकलाई प्रदान गर्दा न्यून आर्थिक स्रोत भएका नागरिकहरुले पनि स्वास्थ्य को पहुँचमा रहेकोे महसुस गर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थापक नगर प्रमुख कमलप्रसाद भुसालले थर्मल थेरापी को माध्यम बाट प्यारालाइसिस मेरुदण्ड तथा नसा च्यापिएको हारजोर्ने बाद तथा युरिक एसिड उक्त रक्तचाप र मधुमेह भएका बिरामीहरुलाई पनि सेवा दिने भएकाले अत्यन्तै प्रभावकारी भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल मुस्कानले यस्तो निःशुल्क सेवाले अर्घाखाँची बासीलाई निकै फाइदा भएको हुने बताउनु भयो ।
बिगेन नेपाल संस्थालाई अर्घाखाँचीका स्थानीय तहहरूले पनि समन्वय गरेर सहयोग गर्नुपर्ने बताउनुभयो ।
























