रेसुङ्गा बहुमुखी क्याम्पसमा नेविसंघबाट खत्रीको उम्मेदवारी

गुल्मी । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घले अध्यक्षको उम्मेदवार घोषणा गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको क्याम्पसमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नेविसङ्घले विद्यार्थी नेता सुदीप खत्रीलाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ । विद्यार्थी नेता खत्री स्वतन्त्र विद्यार्थी युनियन रेसुङ्गा बहुमुखी क्याम्पसका सचिव हुनुहुन्छ ।

उहाँ यस क्याम्पसमा व्यवस्थापन सङ्कायतर्फ चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ । अनुशासनलाई विशेष ख्याल गरेर आफ्नो अध्ययनलाई निकै मेहनती र लगनशीलताका साथ अगाडि बढाउनु भएका खत्रीको नाम स्ववियु निर्वाचनका लागि अध्यक्ष पदमा सार्वजनिक गरिएको नेविसङ्घ गुल्मीका अध्यक्ष सिजन रानाले जानकारी दिनुभयो । क्याम्पसलाई हरेक ढङ्गबाट अब्बल बनाउन नेविसङ्घले हरदम प्रयत्न र आवाज उठाउँदै आएको छ ।

शिक्षामा भएका विकृतिको अन्त्य तथा समयानुकुल प्राविधिक शिक्षा सञ्चालन र विद्यार्थीको हकहितका लागि नेविसङ्घले निरन्तर आवज उठाएको उहाँले बताउनुभयो । विद्यार्थीको हकहितका लागि नेविसङ्घले विगतदेखि नै आवाज उठाउँदै आएकाले आगामी दिनमा पनि समयानुकुल शिक्षा प्रवाहका लागि निरन्तर आवाज उठाउने स्ववियु अध्यक्ष उम्मेदवार खत्रीले बताउनुभयो ।
रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीरुलाई आफूलाई मत दिई विजय गराउन उमम्ेद्वार सुदिप खत्रीेले अपिल गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img