पोखराथोक काठमाडौँ सम्पर्क समाज गठन

काठमाडौँ । अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका वडा नम्बर २ साविक पोखराथोक गाविसबाट काठमाडौं आई विभिन्न पेशा व्यवसाय तथा अध्ययनको शिलशिलमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्नुभएका ब्यक्तिहरुको काठमाडौंको वाल्मीकि क्याम्पसमा बसेको भेलाबाट श्री मदन गौतमको अध्यक्षतामा “अर्घाखाँची पोखराथोक समाज काठमाडौं ” समितिको गठन गरिएको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा हरिश्चन्द्र गौतम, उपाध्यक्षमा भक्तबहादुर राष्कोटि, महिला उपाध्यक्षमा सरस्वती गौतम, महासचिवमा हिमाल गौतम, सचिवमा केशव गौतम, कोषाध्यक्षमा सागर गौतम रहनुभएको छ ।

यस्तै सदस्यहरुमा सुदिप पौडेल, गंगा गौतम, पवन गौतम, किरण पौडेल, केशव गैरे, केशव गौतम रहनुभएको सदस्य सुदिप पौडेलले जानकारी दिनुभएको छ ।

अध्यक्ष गौतमले यो समाजलाई क्रीयाशिल बनाई पोखराथोकबाट काठमाडौँ आएका व्यक्तिहरुलाई एकजुट बनाई आगामी दिनमा उहाँहरुको दुख र सुखमा साथ दिदै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रामप्रसाद भट्टराईले अध्यक्षता गर्नुभएको उक्त भेलामा पोखराथोक रूपन्देही सम्पर्क समाजका अध्यक्ष सनत गौतम, समाजसेवी कृष्ण गौतम, नारायण मरासिनी, नवराज गौतम, हरिराज आत्रेय लगायतले नवगठित कार्यसमितिका सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो साथै कार्यक्रमको सन्चालन हिमाल गौतमले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img