छत्रदेव गाउँपालिका र राष्ट्रिय सहकारी बैंकबिच सम्झौता, २८ सहकारीको सबलिकरण गरिने

अर्घाखाँची, २३ चैत । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका र राष्ट्रिय सहकारी बैंक बिच छत्रदेवका २८ वटा सहकारी संस्थाको सबलिकरणका लागी सम्झौता भएको छ ।

छत्रदेवमा रहेका सहकारी संस्थाको अवलोकन गरी सहकारी बैंकको तर्फबाट अनुगमन गरी आवश्यकताअनुसारको निर्देशन दिईने भएको छ। लुम्बिनी प्रदेश अन्र्तगत सहकारी बैंकले छत्रदेवमा मात्रै गाउँपालिका र सहकारी बैंकको साझेदारीमा सहकार्य गरि कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको हो ।

छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, उपाध्यक्ष मनि पन्थीको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे र राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्वासेले हस्ताक्षर गरि सम्झौता गर्नुभएको हो । जिल्ला सहकारी संघ अर्घाखाँचीको पलहमा भएको सम्झौता कार्यक्रममा छत्रदेव गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष नारायण पाण्डे, जिल्ला सहकारी संघ अर्घाखाँचीका सचिव घनश्याम पौडेल, छत्रदेव सहकारी शाखा प्रमुख सन्तोष भुसाल लगाएतकाे उपस्थिती रहेको हो ।

सहकारी बैंकले छत्रदेवमा सहकारी संस्थाको सबलीकरण अन्र्तगत तालिम सञ्चालन गर्ने, अनुगमन गर्ने, निर्देशित गर्ने सहकारी बैंक बुटबल शाखा प्रमुख नारायण बेल्वासेले बताउँनुभयो । यो कार्यक्रम प्रभावकारी हुने सहकारी बैंकको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img