पाणिनि तपोभूमि सम्मेलनको तयारी अन्तिम चरणमा, मुख्यमन्त्री आचार्यद्वारा स्थलगत निरीक्षण

अर्घाखाँची । संस्कृत व्याकरणका पिता महर्षि पाणिनिको तपोभूमिमा हुन लागेको पाणिनि तपोभूमि सम्मेलन–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री चेतनारायण आचार्यले सम्मेलन स्थलको स्थलगत निरीक्षण गरी तयारी अवस्थाबारे जानकारी लिनुभएको हो ।

अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका क्षेत्रलाई केन्द्रविन्दु बनाई सम्मेलन चैत २७ र २८ गते आयोजना गरिन लागेको सम्मेलनको पूर्वसन्ध्यामा मुख्यमन्त्री आचार्यसहित सुरक्षा समितिका पदाधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिहरू तथा सरोकारवाला निकायहरूको टोलीले अवलोकन भ्रमण गरेको हो । स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्व राख्ने पाणिनि तपोभूमिको समुचित व्यवस्थापन र प्रचारप्रसारमार्फत यस क्षेत्रलाई विश्वभर चिनाउन सम्मेलनले महत्वपूर्ण योगदान पु¥याउने बताउनु भयो ।

उहाँले सम्मेलनको तयारीका क्रममा सुरक्षाको व्यवस्था, यातायात, आवास, खानेपानी, सरसफाइ, अतिथि स्वागत तथा कार्यक्रम सञ्चालनसम्बन्धी पक्षहरूबारे चासो व्यक्त गर्दै सम्बन्धित निकायलाई प्रभावकारी कार्यान्वयनको निर्देशनसमेत दिनुभयो । संस्कृत व्याकरणका पिता पाणिनिको तपोभूमिको पहिचान, त्यस क्षेत्रको धार्मिक, सांस्कृतिक, पर्यटकीय विकास र व्यापकता सम्मेलनको उद्देश्य रहेको छ ।

स्थानीय तह, प्रदेश सरकार तथा पर्यटनसँग सम्बन्धित निकायहरूको संयुक्त आयोजनामा हुन लागेको उक्त सम्मेलनले पाणिनि क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img