पत्रकार मञ्चको अध्यक्षमा पुनः बिद्रोही निर्वाचित

काठमाडौं, ३० चैत । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चको अध्यक्षमा पुनः वरिष्ठ पत्रकार युवराज बिद्रोही निर्वाचित भएका छन् ।

शनिबार ललितपुरमा सम्पन्न सातौँ महाधिवेशनबाट बिद्रोही सर्वसम्मत रुपमा अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । नेपाल पत्रकार महासंघ काठमाडौंको शाखाको २ पटक सभापति समेत भइसकेका बिद्रोही पछिल्लो समय महासंघको एसोसिएट संस्था मञ्चको नेतृत्वमा थिए ।

उनी काठमाडौंका पुराना पत्रकार हुन् । अहिले पनि काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएममा कार्यरत छन् । मञ्चको उपाध्यक्षमा क्यापिटल एफएफममा कार्यरत बिमल थापा र महासचिवमा प्राइमटाइम्स टेलिभिजनमा कार्यरत राजु भण्डारी निर्वाचित भएका छन् । थापा यसअघि मञ्चको महासचिव थिए भने भण्डारी लामो समयदेखि संस्थाको सदस्य थिए ।

यसैगरी सचिवहरुमा कमला नेपाल, प्रितम सागर कर्माचार्य र सन्तोष मिश्र निर्वाचित भएका छन् । तीन सचिवहरु मध्ये कमला नेपाल यसअघि कोषाध्यक्ष थिइन् भने कर्माचार्य सचिवमै दोहोरिएका हुन् । मिश्र भने मञ्चको प्रतिनिधित्व गर्दै पत्रकार महासंघको राजनीतिमा सक्रिय व्यक्ति हुन् । उनी महासंघको एसोसिएट प्रदेश समितिमा कार्यसमिति सदस्य छन् । संस्थाको कोषध्यक्षमा गिता थापा निर्वाचित भएका छन् ।

संस्थाको सदस्यहरुमा प्रज्ज्वल थापा, जितेन्द्र श्रेष्ठ, श्यामबाबु आचार्य, टंककला तिमल्सिना, सुशीला गौतम, अञ्जु श्रेष्ठ, लक्ष्मी भट्ट, केशव बस्नेत, केशवराज पौडेल र मिलन थापा निर्विरोध निर्वाचित भएका छन् ।

महासंघमा आवद्ध १० संस्थाहरु मध्ये मञ्च सबैभन्दा ठूलो संस्था हो । मञ्चबाट प्रतिनिधित्व गरेर नेपाल पत्रकार महासंघमा मनुका कुँवरले शानदार विजय हासिल गरेकी थिइन् । महासंघको प्रदेश अध्यक्षमा पनि मञ्चले आफ्नो उम्मेदवार रोयल आचार्यलाई शानदार रुपमा जिताउन सफल भएको थियो । आचार्य विदेशमा रहेकै बेला वारेसमार्फत उम्मेदवारी दिन लगाएर मञ्चले आचार्यलाई अध्यक्षमा निर्वाचित गराउन सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img