डिजिटल वित्तीय कारोबार महँगो भयो, यसमा नीति कार्यक्रमले बोलेन : प्रतिमा गौतम

नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम औसत रहेको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले निजी क्षेत्र र युवाहरूलाई मनपर्ने शब्दहरू राखिएको र थप गर्नपर्ने र सुधार गर्नुपर्ने कुराहरू धेरै रहेको बताइन् ।

कार्यान्वयनका लागि आउने बजेटले सरकारको प्रभावकारितलाई देखाउने उनले बताइन् । सूचना प्रविधिमा आधारित वित्तीय कारोबालाई बढावा दिने भने पनि करको कारण महँगो हुने गरेको उनले बताइन् । ‘डिजिटल वित्तीय कारोबारमा लगाइएको करले कारोबार महँगो भएको विषयमा यसले बोलेको छैन । हामीले जनतालाई सेवा प्रवाह गर्ने हो । तर यसबाट ब्यापार भइरहेको छ । १० रुपैयाको कारोबार गर्न ११ रुपैया ३० पैसा लाग्छ,’ उनले भनिन् ।

वित्तीय कोषहरू व्यवस्थित नभएको अवस्थामा वित्त व्यवस्थापन कोषको परिकल्पना भएको उनले बताइन् । नीति तथा कार्यक्रममा शिक्षा र रोजगारीलाई प्राथमिकता दिएको भए पनि मानवीय पुँजी निर्माणको लागि चाहिने शिक्षा प्रणाली, स्वास्थ्य सेवा प्रवाह, उत्पादकत्व वृद्धिका लागि सहयोग हुने प्रविधि नआएको गौतमले बनाइन् ।

विदेशमा गएर प्राविधिक सीप नभएन हुनुपर्ने आम्दानी गर्न नसकेको अवस्थामा देखिएको उनले बताइन् । प्राविधिक शिक्षा नीति तथा कार्यक्रममा जोडिएर आउनुपर्ने उनले बताइन् । स्रोतको व्यवस्थापनमा ध्यान पुर्‍याउन जरुरी रहेको गौतमले बताइन् ।

एक घर एक धाराको रटान सधैं लगाउने भए पनि त्यसका लागि आवश्यक तयारी नदेखिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img