अब हप्तामा तीन दिन रेसुंगा विमानस्थलबाट उडान हुने

गुल्मी । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ। विगत केही समय यता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने भएको छ ।

नेपाल एयरलाइन्सका जहाज अभाव र मौसम लगायतको कारण सेवा नियमित हुन सकेको थिएन। नेपाल एयरलाइन्सको ट्वविनअटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ। नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनः सुरु गरेको रेसुंगा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले बताए।

रेसुंगादेखि काठमाडौं ७ हजार ८० रुपैयाँ र काठमाडौंदेखि रेसुंगा ७ हजार २ सय ८० रुपैयाँ एयरलाइन्सले भाडादर कायम गरेको छ। मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुन सकेको थिएन।

निगमको १८ सिट क्षमताको जहाजले हप्ताको प्रत्येक बुधबार बिहान साढे ६ः १० बजे काठमाडौंबाट रेसुंगा र बिहान साढे ७ः १५ बजे रेसुंगाबाट काठमाडौंका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ। निगमको १८ सिट क्षमताको जहाजले उडान गरिरहेको छ।

हवाई सेवा वृद्ध, बिरामी, सुत्केरीलगायत नागरिकका लागि सहज बन्दै गएको छ। साथै, हवाई पहुँचसँगै गुल्मीका रेसुंगा, रुरुक्षेत्र, धुर्कोट गुफा, टिमुरे ताल, र मालिका पिस पार्क लगायत जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको आगमन पनि बढेको रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । हप्तामा ३ बार उडान हुने भएसँगै गुल्मीवासीलाई यात्रा थप सहजता मिल्ने अपेक्षा समेत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img