आजको संसद बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिँदै, कांग्रेस-एमालेले लगाए ह्विप

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। राष्ट्रपति पौडेलले पेश गरेको आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिँदैछ।

उक्त नीति तथा कार्यक्रमलाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची संसद् सचिवालयले तय गरेको हो। नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएपछि सत्ताका मुख्य साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई अनिवार्य बैठकमा सहभागी हुन ह्वीप जारी गरेका छन्।

‘नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुने भएपछि सत्तापक्षका सांसद बैठककक्षमा सहभागी त हुनै पर्यो। सांसदहरु गयल हुने भन्ने हुँदैन। त्यसैले अनिवार्य बैठकमा सहभागी हुन ह्वीप लगाइएको छ, काँग्रेस सचेतक श्याम घिमिरेलृे भने । त्यस्तै एमालेले सुचना नै जारी गरेर उपस्थित हुनका लागि ह्विप पत्र नै जारी गरेको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img