भगवतीमा स्व. यमकान्ती पाण्डेको नाममा गरीब, जेहेन्दार विद्यार्थीहरुका लागि अक्षयकोष स्थापना

अर्घाखाँची, २९ बैशाख । छत्रदेव गाउँपालिका वार्ड नं. ७ ढिकुरामा अबस्थित भगवती आधारभूत विद्यालयमा स्व. यमकान्ती पाण्डेको नाममा गरीब तथा जेहेन्दार विद्यार्थीहरुका लागि अक्षयकोष स्थापना भएको छ। यमकान्ती पाण्डेको स्वर्गारोहण भएको १४ औं पुण्यदिनको अबसरमा विद्यालयले आयोजना गरेको श्रद्धाञ्जली सभामा उहाँका जेष्ठ सुपुत्र एवं अर्घाखाँची पोखरा सम्पर्क समाजका उपाध्यक्ष बाबुलाल पाण्डेले रु एक लाख एकहजार विद्यालयलाई प्रदान गर्दै स्व। आमाको नाममा विद्यालयमै पहिलो पटक अक्षयकोष स्थापना गर्नुभएको हो ।

विद्यालयलाई निरन्तर रुपमा सहयोग गर्दै आउनुभएका बाबुलाल पाण्डेले अक्षयकोष स्थापना आफुले गरेतापनि उक्त कोष परिचालनको सम्पुर्ण अधिकार विद्यालयलाई रहने बताउदै भविष्यमा पनि विद्यालयलाई निरन्तरत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष नारायण प्रसाद पाण्डेले बाबुलाल पाण्डे र उहाँको परिवारलाइ धन्यवाद ज्ञापन गर्दै स्व. यमकान्ती पाण्डे प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओवराज पाण्डेको अध्यक्षता र प्रधानाध्यापक सुमित्रा पाण्डेको संचालनमा सम्पन्न कार्यक्रममा वार्ड सदस्य धर्मराज पाण्डे, स्थानिय समाजसेवी मेघराज पाण्डेले समेत स्व. यमकान्ती प्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा व्यवस्थापन समिति सदस्यहरु, अभिभावक संघका पदाधिकारी एवं सदस्यहरु, स्थानिय समाजसेवी व्यक्तिहरु र विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img