काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा चितवनका प्रा.डा. विश्व पौडेल नियुक्त हुने भएका छन् । प्रधामन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री निवासमा भएको भेटपछि प्रा.डा. पौडेल गर्भनर बन्ने सहमती भएसँगै प्रक्रिया आजै अगाडी बढाईएको हो ।
अहिले गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको बैठकले्् नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने बताइएको छ । प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सत्तारुढ दलमा सहमति जुटिसकेकोले उनैलाई नै सिफारीस गर्नेगरी बैठक बसीरहेको छ ।
पौडेल सहित डेपुटी गभर्नर नीलम ढुगानासहित ३ जनालाई गभर्नरमा सिफारिस गर्न लागेको स्रोतले बतायो । सिफारीस पछि आज बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गर्नेछ । पौडेल कांग्रेसको कोटाबाट गभर्नर बन्न लागेका हुन् ।














