बाणगंगा नगरपालिकामा डेंगी रोग सम्बन्धी सरोकारवालासंग छलफल

कपिलवस्तु । बाणगंगा नगरपालिकाले डेंगी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धी सरोकारवालासंग सचेतना कार्यक्रम आयोजना गरेको छ। डेंगी रोगको जोखिम, लक्षण, रोकथाम र नियन्त्रणका उपायहरूबारे जानकारी गराउदै यसको सचेतना अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रममा पिपरा अस्पतालका डाक्टर गणेश क्षेत्रीले डेंगी रोगको देशभरकै पछिल्लो अवस्थाबारे जानकारी दिनुभयो । उहाँले डेंगी रोग के हो ? रोगको स्रोत, संक्रमणको प्रकृति र समुदायस्तरमा अपनाउनुपर्ने सावधानीहरूबारे चर्चा गर्नुभयो। उहाँले एडिस जातको लामखुट्टे बस्ने बास स्थानको खोजी गर्ने र नष्ट गर्ने अभियान प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बताउनुभयो ।

 


सोहि क्रममा सहभागीहरुले डेंगीको जोखिमलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे अन्तरक्रिया गरेका थिए। एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सो रोग सङ्क्रमण हुने गर्दछ। पछिल्लो समय डेंगी रोगका कारण ३ जनाको ज्यान गैसकेको छ भने तनहु जिल्ला बढी प्रभावित देखिन्छ ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले नगरपालिका भित्रको डेंगी नियन्त्रणको लागि गरिएका र गर्न लागिएका विभिन्न पहलहरूको बारेमा जानकारी गराउनु भएको थियो। जस अनुरुप समुदाय तथा विद्यालय तह र संचार क्षेत्रबाट आम सचेतना फैलाउने गरी अभियान चलाइनेछ ।
वाणगंगा नगरपालिका उप प्रमुख रिता कुमारी चौधरीले समापन मन्तव्यमा डेंगी नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिँदै, नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वयलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय संघसंस्था तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img