तिनाउ गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत

पाल्पा । तिनाउ गाउँपालिकाको आर्थिक वर्ष २०८२।०८३ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आइतवार गाउँपालिकाको सभाहलमा आयोजित गाउँसभामा गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

नीति कार्यक्रममा चालु आर्थिक बर्षको समिक्षा गर्दै बिकास योजनाका काम प्रभावकारी रुपमा संचालन भइरहेको, कृषिलाई प्रविधिसँग जोडिएको, हामेस्टे अभियान संचालन भइरहेको, शैक्षिक विकासका कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिएको, उद्यमशीलतालाई जोड दिएको उल्लेख गरिएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र पुर्वाधारः समृद्ध तिनाउको मूल आधार भन्ने मुल नारा सहित अगाडि बढेको तिनाउ गाउँपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममा आर्थिक विकासका कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउने बिषयलाई महत्व दिइएको छ । जस अन्तरगत कृषि उद्यमलाई आत्मनिर्भर र ब्यावसायमुखी बनाउन बिबिधिकरण र यान्त्रिकरणमा बिशेष जोड दिइने उल्लेख छ ।

कृषि विकास कार्यक्रम अन्तरगत कृषिलाई यान्त्रिकरणसँग जोड्ने, कृषि उत्पादनको बजारीकरणमा टेवा पु¥याउने, उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने लगायतका कार्यक्रम उल्लेख छ । त्यस्तै “स्थानीय सरकारको साझेदारीः बाँझा नराखौं खेतबारी” भन्ने भनाईलाई आत्मसाथ गर्दै बाझो जग्गालाई उत्पादनशील बनाउनको लागि बाँझो जग्गामा एकीकृत रुपमा खेती गर्ने ब्यक्ति वा समुदायलाई चक्लाबन्दी बनाउन अनुदान सहयोग उपलब्ध गराउने बिषय उल्लेख छ ।

नीति कार्यक्रमले पशपंक्षी विकासलाई उत्तिकै महत्व दिएको छ । किसानलाई पशुबिमा र बाली बिमा प्रोत्साहन गरी उनीहरुलाई पूर्ण ब्यावसायिक बनाउने नीति गाउँपालिकाले लिएको अध्यक्ष श्रेष्ठद्धारा प्रस्तुत नीति कार्यक्रममा उल्लेख छ । सिंचाईमा पनि नीति कार्यक्रमले जोड दिएको छ । तिनाउ आफैमा पनि पर्यटकीय पालिका भएकोले पनि पर्यटन प्रवर्धनका बिभिन्न कार्यक्रमलाई अगाडि बढाउने गरी तिनाउले नीति कार्यक्रम बनाएको छ ।

आवासिय बिद्यालय कार्यक्रमको निरन्तरता, स्कुल बसको ब्यवस्था, कक्षा १ देखि ३ अंग्रेजी माध्यम पढाइ निरन्तरता र कक्षा ४ र ५ मा पनि थप गर्दै लगिने बिषय उल्लेख छ । जनसंख्या तथा पोषण, खानेपानी तथा सरसफाई, युवा खेलकुद तथा नवप्रर्वतन, महिला बालबालिका तथा सामाजिक समावेशीकरणमा पनि गहिरो गरी नीति कार्यक्रमले सम्बोधन गरेको छ ।

बिकास योजना अन्तरगत सडक पुल तथा यातायात, भवन आवास तथा शहरी बिकास, जनलस्रोत बिद्युत उर्जा तथा सिंचाई, अन्य पुर्वाधार कार्यक्रम, वन हरियाली र जैविक बिबिधता, भुसंरक्षण र जलाधार ब्यवस्थापन, वन तथा फोहोरमैला ब्यवस्थापनलाई पनि नीति कार्यक्रमले समेटेको छ । नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य एवं कर्मचारी पत्रकार लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img