बजेटप्रति कांग्रेसभित्र चुलिँदो असन्तुष्टि: कपिलवस्तुमा मन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय

कपिलवस्तु । नेपाली कांग्रेसबाटै लुम्बिनी प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री भएका धनेन्द्र कार्कीले ल्याएको बजेटको विरोध गर्दै नेपाली कांग्रेस जिल्ला समिति कपिलवस्तुलेले प्रदेश सरकारमा प्रतिनिधित्व गरेका कांग्रेसका सबै मन्त्रीलाई जिल्लाका सार्वजनिक तथा पार्टीका कार्यक्रमहरूबाट बहिष्कार गर्ने निर्णय सार्वजनिक गरेको छ । पार्टी जिल्ला अध्यक्ष अब्दुल कलामद्वारा हस्ताक्षरित विज्ञप्तिमा असार १ गते प्रदेश सभामा प्रस्तुत आर्थिक वर्ष २०८२र८३ को वार्षिक कार्यक्रम तथा बजेटप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै जिल्ला पार्टीको निर्णय लत्त्याउँदै मनोमानी ढंगले बजेट विनियोजन गरिएको आरोप लगाइएको छ ।

विकासका कार्यक्रमहरू जिल्लामा न्यून देखिएको, संघीयताको भावना र मर्म विपरीत पहुँचवालाहरू र स्वयं मन्त्रीहरूको निर्वाचन क्षेत्रमै बढी र अस्वाभाविक योजना पारिएको भन्दै विरोध जनाइएको छ ।

मन्त्रीहरू सच्चिएनन् भने थप कठोर निर्णय लिनुपर्ने अवस्था आउने उनले चेतावनी दिएका छन् । यसअघि पार्टीको प्रदेश सभापति अमरसिंह पुनले पनि यो बजेट विचौलियाले बनाएको भन्दै अस्वीकार गर्ने निर्णय सार्वजनिक गरेका छन् । उनले पनि विज्ञप्ती नै जारी गरी यसमा पार्टीको कुनै सहमति नभएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img