अर्घाखाँचीमा रास्वपाको हस्ताक्षर अभियानमा भुमिकास्थानका उपमेयरले गरे समर्थन

अर्घाखाँची, असार १२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले पार्टी अध्यक्ष रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको कडा विरोध गर्दै जनस्तरबाट व्यापक हस्ताक्षर अभियान सञ्चालन गरेको छ।

रास्वपाले लामिछानेमाथि भएको आरोप र षड्यन्त्रलाई ‘राजनीतिक प्रतिशोध’ भएको भन्दै जनताबाटै प्रतिकारको सशक्त सुरुवात गरेको हो। सोही अभियानलाई थप गति दिँदै जिल्लाको भुमिकास्थान नगरपालिकाका नगर उपप्रमुख बालकृष्ण बन्जाडेले हस्ताक्षर गरेर रवि लामिछानेप्रति ऐक्यवद्धता जाहेर गरेका छन्।

नगर उपप्रमुख बन्जाडेले रवि लामिछानेमाथि भइरहेको अनावश्यक दवाव र चरित्र हत्या प्रयासको घोर निन्दा गर्दै भने, “जनताको आशा र भरोसाको प्रतीक बनेका लामिछानेलाई गलत नियत राखेको देखिन्छ, हामी सधैं सत्यको पक्षमा छौं।”

रास्वपा जिल्ला सभापति हरिप्रसाद भुसालले हस्ताक्षर अभियानलाई ऐतिहासिक जनजागरणको अभियानको रूपमा अघि बढाइएको बताए। उनले भने ” हस्ताक्षर अभियान तिव्र चलेको छ ४ सय भन्दा अधिकले हस्ताक्षर गरेर साथ दिए। जिल्लाका विभिन्न स्थानीय तह, गाउँघर, बजार क्षेत्रमा नागरिक आफैं उत्साहपूर्वक हस्ताक्षर गर्न पार्टी कार्यालय आइरहेका छन्। अब तालिका बनाएर गाउँ-गाउँ जाने हो । “

“रविले उठाएका जनताको आवाज दबाउन खोजिए पनि त्यो सम्भव छैन। हस्ताक्षर अभियानले देखायो — जनताको मनबाट रविलाई हटाउन सकिँदैन,” सभापति भुसालले भने।
रास्वपाले रवि लामिछानेमाथिको मुद्दालाई सुनियोजित राजनीतिक आक्रमणको संज्ञा दिंदै देशभर विरोध कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। अर्घाखाँचीमा समेत अभियानलाई गाउँ-गाउँ पुर्‍याउने तयारी रहेको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img