काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा यही असार २९ गते दिउँसो बोलाइएको छ । बैठक ४५ सेकेण्ड जतिमै टुंगिएको थियो ।
६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेका छ्न् । उनले नगरसभा अधिवेशन आइतबार दिउँसो २ बजे साथै त्यही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने घोषणा गरे ।
बैठकका लागि २४ वटा एजेण्डा गएपनि नगरसभासम्बन्धी एउटामात्र विषय भएको बताए । अन्य विषय केही नभएर बैठक सम्पन्न भएको घोषणा गर्दै उनी उठेर हिँडेका थिए ।
यसअघि आजै बजेट सीमा निर्धारण समिति र राजश्व परामर्श समितिको बैठक बसेको थियो । नगरसभा मिति तोक्ने सन्दर्भमा मिति असार २९ गते नगरसभा र त्यसै दिन ९ बजे कार्यपालिका बैठक बस्ने जानकारी गराउन चाहन्छु। अन्य केही विषय नभएर बैठक समापन भएको घोषणा गर्न चाहन्छु।ु
त्यसअघि आजै महानगरको राजस्व परामर्श समितिको बैठक बसेको थियो। बैठकले २५ अर्बको बजेट ल्याउने सीमा निर्धारण गरेको छ।














