पाणिनीमा उत्कृष्ट शाखा शिक्षा शाखा र वडामा अड्गुरी भए सम्मानित

घनश्याम पौडेल
अर्घाखाँची, ३१ असार । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बजेट स्वीकृत गरेको छ । चालु आ.व.को जेठ मसान्तसम्म सबैभन्दा बढी योजना तथा कार्यक्रम सम्पन्न गर्ने शिक्षा, युवा तथा खेलकुद शाखालाई सम्मानित गरेको छ ।

शाखाका प्रमुख तेजबहादुर खनालले सम्मानपत्र ग्रहण गरेका हुन् । त्यस्तै वडा तर्फ वडा नं. ७ वडा कार्यालयले राजश्व बढी संकलन गरेकोमा सम्मानित भएको छ । ९ लाख ५४ हजार ४ सय ६४ रुपैँया राजश्व संकलन गरेको हो ।

सभामा गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा पौडेल, प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले वडा नं. ७ का वडा अध्यक्ष गुनाखर अधिकारी र वडा सचिव निर्मला चालिसेलाई सम्मान गरेको हो ।

आ.व. २०८१/०८२ मा सबैभन्दा राम्रो कार्यसम्पादन गर्ने शाखा अन्र्तगत राजश्व शाखालाई सम्मान गरिएको छ । पाणिनी गाउँपालिकाको पोत्साहन, पुरस्कार तथा सम्मान सम्बन्धी मापदण्ड २०८१ बमोजिम पुरस्कार वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img