विद्या भण्डारी एमालेको विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने मध्यराति सम्म बसेकाे एमाले बैठकले गर्याे निर्णय

काठमाडौं । नेकपा एमालेले आज सुरु हुने पोलिटब्युरो बैठकमा ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव लैजाने भएको छ । बिहिबार राति अबेरसम्म चलेको सचिवालय बैठकले एमालेको विधानमा रहेको ७० वर्षे उमेर हद र नेतृत्वका लागि दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेको हो। यस्तै दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिले मात्रै भदौमा हुने विधान महाधिवेशन भाग लिन पाउने व्यवस्था गर्ने निर्णयमा पनि बैठकले सहमति गरेको छ। यसले पूर्व एमाले उपाध्यक्ष विद्या भण्डारी विधान महाधिवेशनमा सहभागी हुने सम्भावनालाई रोकेको छ।
बिहिबार दिउँसैदेखि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा चलेको सचिवालय बैठक राति अबेरसम्म जारी थियो । करिब १० घण्टा बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि सबै सदस्यले धारणा राखेपछि अध्यक्ष केपी ओलीले प्रस्तावित विधानमा आफ्नो राय राख्नुभएको थियो । बैठकले वरिष्ठ उपाध्यक्ष पद नै हटाउने र पदाधिकारीको संख्या समेत घटाउने तयारी समेत गरेको छ ।
बैठकमा आगामी भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनमा पेस गर्ने विधान संशोधनको प्रस्तावमा छलफल भएको हो । विधान संशोधन प्रस्तावमा केन्द्रीय पदाधिकारीको संख्या घटाउने र वरिष्ठ उपाध्यक्ष पद नराख्ने उल्लेख छ । एमालेमा अहिले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव गरी १९ जना पदाधिकारी छन् । केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।
उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको हो । विधान संशोधन प्रस्तावमाथि पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल हुनेछ । त्यसपछि भदौ २० गतेदेखि बस्ने विधान महाधिवेशनले उक्त प्रस्ताव पारित भएपछि ११ औ महाधिवेशनबाट कार्यान्वयनमा आउने बताइएको छ ।
यसैबिच आज एमालेको पोलिटब्युरो बैठक दिउँसो १ बजे बस्ने तय भएको छ । राति अबेरसम्म सचिवालय बैठक चलेकाले आजको पोलिटब्युरो दुई घण्टा पछि सारिएको हो । सचिवालय बैठकमा विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण गरेर पार्टी राजनीतिमा फर्किएको घोषणा गरेको विषयमा समेत छलफल भएको थियो । यहि विषयले अध्यक्ष ओलीसँग अन्य नेताहरुको नोकझोँक भएका खबरहरु पनि बाहिरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img