बुटवल, १८ साउन । पणेना अर्घाखाँची–रुपन्देही सम्पर्क समाजको प्रथम साधारण सभा तथा अधिवेशनबाट कृष्ण प्रसाद पोख्रेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन ।
जसको उपाध्यक्ष (खुल्ला) जीवनाथ गौतम, उपाध्यक्ष (महिला) पार्वता भण्डारी पोखरेल, सचिव मदन पोखरेल सुमन, कोषाध्यक्ष अर्जुन पोखरेल, सह–सचिव विकास भट्टराई, सह – कोषाध्यक्षःमाधवराज पोखरेल तथा सदस्यहरु लक्ष्मण पोखरेल, नन्दराम पोखरेल, भिमकान्त पोखरेल, शिवराज पोखरेल, सुमित्रा भट्टराई, फर्सुराम पोखरेल, ताराप्रसाद गौतम, सुमित्रा बिक सर्वसम्मत चयन भएका छन ।
यसैगरि लेखा समिति संयोजक योगराज पोखरेल, सदस्य सागर पोखरेल, योगेन्द्र पोखरेल निर्वाचित भएको निवार्चन समितिका संयोजक पुष्कर भट्टराईले बताए ।
उद्घाटन समाराेहमा बुटवल उपमहानगरपालिका पूर्व मेयर पुनराम पोखरेलले सम्पर्क समाजहरु संस्कृति संरक्षणमा अग्रसर रहेको बताए । विभिन्न कारणबाट बसाई सराई गरि रुपन्देही झरेपनि आफनो संस्कार, संस्कृतिलाई अप्नाउदै नया पुस्तामा सिकाउने काममा समाजहरुको योगदान रहेको उनको दाबी छ ।
कार्यक्रममा समाजसेवी विष्णु पोखरेल, पाणिनि गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कमलप्रसाद पोखरेल, गोपाल पोख्रेल, धनराज पोख्रेल, दिनेश कुमार भारद्वाजले नया कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।तदर्थ समिति गठन गरि समाजमा गोलबद्ध हुदै पछिल्लोसमय दर्ता प्रक्रियामार्फत संस्थागत गर्ने काम सम्पन्न भएको समाजका सचिव मदन पाेख्रलेलले जानकारी दिए । आगामी दिनमा सामाजिक हितका काममा समाज अग्रसर रहने उनले बताए ।














