सडक खुलाउन अर्घाखाँची प्रहरीकाे सक्रियता, रातभर पहिराे हटाउँदै प्रहरी

घनश्याम पाैडेल
अर्घाखाँची, २० साउन । ३ दिनदेखि परेकाे अविरल वर्षाका कारण अर्घाखाँची भित्रिने मुख्य सड्क गाेरूसिंगे-सन्धिखर्क सड्क अबरुद्ध छ । गएराति अवरुद्ध भएकाे बाटाे खुलाउँन प्रहरी चाैकी नरपानिकाे टाेलि सहितले घुम्तिमा अवरुद्ध सड्क राति नै खुलाएकाे हाे । तर पानी परिरहेका कारण पहिराे झर्ने, सफा गर्ने काम भईरहेकाे छ, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले भने ´अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गर्दछु।´

गएराती करिव १२ बजे सितापुर तिरतिरे डाडा नजिक पहिरोले सडक अवरुद्ध गरेर गाडिहरु रोकिए पछि इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक दिपक सिंह विष्ट, सडक बिभागका कृष्ण अधिकारी लगायतको टोलीले रातिनै सडक एकतर्फी सुचारु गरेपनि पुन: लगातार पानी परेपछि सड्क अवरुद्ध भएको हाे । पहिरो ठूलो रहेको र बगिरहेकाले पहिराे हटाउँने काम भईरहेकाे प्रहरीले जनाएको छ ।

संधिखर्क गोरुसिङ्गे  अर्घाखाँची जिल्लालाई जोड्ने प्रमुख मार्गमध्ये एक हो सडक खुलाउने कार्यका लागि नेपाल प्रहरी, सडक डिभिजन कार्यालय तथा  स्थानीय तहसँग समन्वय गरी डोजर परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img