नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी, प्रहरीले गोली चलाएपछि तनावग्रस्त

काठमाडौं– काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर सोमाबर दिउँसो साढे १२ बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

अहिले नयाँ बानेश्वर क्षेत्रमा जेनजीले प्रदर्शन गरिरहेका छन् । केही प्रदर्शनकारीहरू प्रहरीको घेरा तोड्दै संसद् भवनभित्रै छिरेका छन् । प्रदर्शनकारीहरू संसद् भवनभित्र छिरेपछि प्रहरीले हवाई फायर गरेको छ । जेनजीले सोमबार काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

केही प्रदर्शनकारीहरू नयाँ बानेश्वरको संघीय संसद भवन परिसरभित्र छिरेका थिए । प्रहरीले भिड तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । त्यसअघि प्रहरीले प्रदर्शनकारीलाई लक्ष्य गरी पानीका फोहरा प्रहार गरेको थियो । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले रबरको गोली चलाएको छ । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

देशैभर फैलिँदै मनसुन, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

रास्वपाको केन्द्रीय सदस्यमा ऐतिहासिक विजय : खुला प्रतिस्पर्धाबाट १,१३७ मतसहित विजयी हेमराज भट्ट, सुदूरपश्चिमबाट राष्ट्रिय नेतृत्वमा उदाएका नयाँ आशाका पात्र

रास्वपाकाे केन्द्रीय सदस्यमा विजय भए भट्ट

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img