मुख्यमन्त्री आचार्य अर्घाखाँची रास्वपा कार्यालयकाे अनुगमनमा पुगेनन्

अर्घाखाँची, ५ असोज । लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी प्रदर्शनका कारण क्षतीग्रस्त भएका अर्घाखाँची जिल्लाका राजनीतिक दलका पार्टी कार्यालयहरु अवलोकन गरेका छन् ।

पार्टी कार्यक्रमको शिलशिलामा दलबल सहित गृहजिल्ला अर्घाखाँची पुगेका आचार्यले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको क्षेतिग्रस्त पार्टी कार्यालय पुगेर अवलोकन गरेका हुन् ।

आन्दोलनका क्रममा क्षेतीग्रस्त बनेको आफ्नो निवास अवलोकन सहित पार्टीका कार्यक्रमहरुमा सहभागि भएका आचार्यले आगजनीका कारण क्षेतीग्रस्त बनेको राष्टिय स्वतन्त्र पार्टी अर्घाखाँचीकाे कार्यालयमा नपुगेकाे रास्वपा अर्घाखाँचीले जनाएको छ । सँगै राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यालय पनि नपुगेकाे स्राेतले बताएका छ ।

मुख्यमन्त्री आचार्य रास्वपा कार्यालय नपुगेको रास्वपा जिल्ला सभापति हरिप्रसाद भुसालले भने, “हरेक दिन कार्यालय समयमा पार्टी कार्यालय खुल्ला हुन्छ ।” भुसालले भने “मलाई कसैले सम्पर्क गर्नुभएको छैन, मुख्यमन्त्रीले रास्वपा पार्टी कार्यालय पुग्नुभएको छैन । तोडफोड र आगजनीको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा करीव १ लाख बरावरको क्षेती भएको सभापति भुसालले जानकारी दिए ।

अर्घाखाँची भ्रमणका क्रममा मुख्यमन्त्री आचार्यले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका भूमिकास्थान ४ धारापानीका शहिद माधव शारुको घरसम्म पुग्न समेत आवश्यक ठानेनन् । अर्घाखाँची जिल्लाका स्थाई बासिन्दा रहेका मुख्यमन्त्री आचार्यले सार्वजनिक विभेद गरेको भन्दै अर्घाखाँचीमा उनको आलोचना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img