गगन थापाको अवसर र नयाँ राजनीतिक लहर !

प्रकाश भुसाल । नेपालको राजनीति फेरि एउटा निर्णायक मोडमा पुगेको छ। पुराना दलहरू—काँग्रेस, एमाले र माओवादी—जनताको विश्वास गुमाउँदै केवल सत्ताको समीकरण र स्वार्थी गठबन्धनमा सीमित भइरहेका बेला, नयाँ पुस्ताले विकल्पको खोजलाई अझ तीव्र बनाएको छ। यस सन्दर्भमा गगन थापा, बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछाने जस्ता पात्रहरूले मुलुकलाई नयाँ बाटो देखाउने अवसर पाएका छन्।

पुराना दलहरूको थकित अवस्था

काँग्रेस, एमाले र माओवादी—यी दलमा विचारभन्दा बढी सत्तालिप्सा, भ्रष्टाचार र आन्तरिक स्वार्थको राजनीति चलिरहेको छ।

• पहिलो पुस्ताका नेताहरू पूर्ण रूपमा अविश्वसनीय बनेका छन्।

• दोस्रो पुस्ता तिनै नेताको आँगनमा घुम्ने चाकरीबाज बनेका छन्।

• तेस्रो पुस्ता टोले र विचारशून्य कार्यकर्तामा सीमित भएको छ।

जनताले पटक–पटक यिनै दललाई अवसर दिए, तर निराशा मात्र हात लाग्यो। त्यसैले अहिले परिपक्व र जिम्मेवार नागरिक नयाँ राजनीतिक विकल्पको खोजमा छन्।

बालेन शाह : क्रेज अझै बलियो

काठमाडौंको मेयरका रूपमा उदाएका बालेन शाह सुरुवाती समयमा जनताको ठूलो विश्वास जित्न सफल भए। यद्यपि पछिल्ला दिनमा उनले स्पष्ट राजनीतिक योजना नदेखाउँदा केही अलमलमा परेको आभास भएको छ। तर, यदि उनले समयमै पार्टी खोले, उनको क्रेज अझै बलियो रूपमा टिक्नेछ।
उनको ‘दलभन्दा बाहिरको व्यक्तित्व’ छवि र शहर–युवापुस्तामा रहेको लोकप्रियताले उनलाई वैकल्पिक शक्तिका रूपमा उभ्याउन सक्छ।

रास्वपा : सम्भावना अझै बाँकी छ

रास्वपाले सुरुवातमै ठूलो जनलहर ल्याएको थियो। अहिले नेतृत्च विवाद, डर , अलनल र अनुभवको कमीले केही उकुसमुकुस देखिए पनि सम्भावना अझै मरेको छैन।

• यदि रास्वपाले स्पष्ट रणनीति अख्तियार गर्न सक्यो,

• रवि लामिछानेको मुद्दा अन्तिम नहुन्जेलसम्म वैकल्पिक नेतुत्वलाई अगाडि ल्यायो,

• रुपन्देही-०३ जस्तो पारदर्शी उम्मेदवार छनौट विधि निरन्तर अपनायो भने,

यो दल अझै लामो यात्राको विकल्प बन्न सक्छ।

गगन थापा : पुरानो दलभित्र नयाँ सम्भावना

गगन थापा भने नेपाली कांग्रेसकै नेतृत्व भित्र उदाउँदै आएका छन्। विगतमा रवि लामिछानेको क्रेजले केही अस्थिर देखिए पनि अहिले उनी धेरै परिपक्व र सन्तुलित भएर अघि बढेका छन्।

• शेखर कोईरालासँगको सहकार्य,

• विश्वप्रकाश शर्माजस्ता अनुभवी नेतासँगको सहयात्रा,

• क्षमतावान तर नाम नसुनिएका युवाहरूसँगको हातेमालो

यी सबैले गगनलाई पुराना दलभित्रै सुधारको बाटो देखाइरहेका छन्।
यदि काँग्रेसलाई पुराना नेताको कब्जाबाट मुक्त गर्दै पुनर्गठित गर्न सके, वा आवश्यक परे नयाँ सोचसहित वैकल्पिक दल स्थापना गरे, गगन थापाले इतिहासमा ठूलो मोड ल्याउन सक्छन्।

पुराना नेताको अन्तिम अध्याय

अब पुराना दलका प्रमुख नेताहरू—देउवा, ओली र प्रचण्ड—मुलुकलाई नयाँ भविष्य दिन सक्ने अवस्थामा छैनन्।

• ओलीले महेश बस्नेतजस्ता विवादित अनुयायीलाई अघि सारिरहेका छन्।

• प्रचण्डले त झन आफू र आफ्ना लाईनै पार्टीको भविष्यमुखी संरचना बनाउन खोजिरहेका छन्।

• कांग्रेसमा देउवाको जालो अझै बाक्लै छ।

यसैले अब पुराना दलमा आशा गर्ने आधार लगभग समाप्त भएको छ।

वामपन्थी वैकल्पिकताको सम्भावना

यसबीच, विप्लव, घनश्याम भुसाल र केही इमानदार माओवादी लगायतका अबसर नपाएका क्षमतावान नेताहरू मिलेर एउटा परिपक्व, वैचारिक र जिम्मेवार कम्युनिस्ट पार्टी बनाउने सम्भावना अझै बाँकी छ।
यदि यस्तो दल जन्मन सक्यो भने, देशमा वैकल्पिक वामपन्थी विकल्प तयार हुनेछ।

नयाँ र पुरानाको सन्तुलन

अहिले उदाउने सम्भावना भएका नेताहरू र दलहरूलाई दुई खेमामा विभाजन गर्न सकिन्छ—

• नयाँ पुस्ता : बालेन शाह, रवि लामिछानेले त्याग देखाउने हो भने रास्वपा

• पुरानो दलभित्रको नयाँ सम्भावना : गगन थापालगायत का क्षमतावन गल्ती स्वीकार गर्न सक्ने सच्चिन चाहने।

यी तीन नाम आजको राजनीतिक शून्यतामा जनताले बढी अपेक्षा गरेका पात्र हुन्।

नेपालको राजनीति अहिले संक्रमणमै छ। पुराना दलहरूले जनताको विश्वास गुमाइसकेका छन्। नयाँ पुस्ताका नेताहरू अझै पूर्ण परिपक्व नभए पनि, तिनमा सम्भावना भने छ।

बालेन शाहले पार्टी खोलेर आफ्नो क्रेजलाई संस्थागत गर्न सक्छन्।
रास्वपाले स्पष्ट रणनीति र पारदर्शी अभ्यास गर्दै निरन्तरता दिन सक्छ।
गगन थापाले काँग्रेसलाई पुनर्गठित गर्न वा नयाँ बाटो रोज्न सक्छन्।

त्यसैले अबको दशक नेपाली राजनीतिमा निर्णायक हुनेछ। पुराना दलका ओलि, देउवा र प्रचण्ड पुस्ताको राजनीति अन्त्यतिर छ; नयाँ पुस्ता—बालेन, रास्वपा र गगन थापा—यिनकै काँधमा देशले भविष्य देख्न सक्छ कि भन्ने एउटा आशा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img