के GenZ प्रयोगशालाका नयाँ उपकरण हुन् ?

सुरेशमणि त्रिपाठी ।

भदौ २३ गते सुरु भएको आन्दोलनले २४ गते नै नेपालमा विध्वंशआत्माक राजनीतिक परिवर्तन गरि तत्कालिन सत्ता नै परिवर्तन गरिदियो। जसलाई genZ को नामले नामाकरण गरिएको थियो। यो आन्दोलन थियो वा एउटा प्रयोग? यो आन्दोलनमा यस्तो उमेर समूहका जनताहरुलाइ प्रयोग गरियो जसलाई नेपालको संबिधानले लगभग ८०% भन्दा बढी उमेर समुहका युवाहरुलाई कार्यकारी र विधायकी पदको उम्मेदवार हुन बाट बन्चित गर्नुको साथै ६०% भन्दा बढी युवाहरुलाई भोट हाल्ने अधिकार बाट बन्चित गरेको छ (नेपालको संबिधानले २५ वर्ष भन्दा माथिका युवाहरुलाई मात्र कार्यकारी र बिधायिकाको उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ भने १८ वर्ष भन्दा माथिकालाइ मात्र भोटिंग अधिकारको सुनिस्चितता गरेको छ।)

धेरै जसो मुलुकहरुमा न्युनतम उमेर आवश्यकताहरु सामान्य छन्। सार्वजनिक पदकोलागि निश्चित स्तरको परिपक्वता, अनुभव र ज्ञान आवश्यक छ भन्ने विश्वासमा आधारित छ। परिपक्वता र निर्णयको मुख्य तर्क के हो भने कि विधायकी, कार्यकारी वा न्यायिक निर्णयहरु गर्न पर्याप्त उमेर, अनुभव, तर्क र सहि निर्णयको लागि पूर्ण रुपमा विकसित क्षमता चाहिन्छ। अनुचित प्रभाव रोक्न: एतिहासिक रुपमा, परिवारवाद, राजनीतिक गुटहरु वा बिदेशी शक्तिहरुबाट सजिलै प्रभावित हुनसक्ने धेरै युवाहरुको अविवेकी र हतारमा प्रवेशबाट बच्न अमेरिकी काँग्रेसमा भएको बहसको आधारमा न्युनतम उमेर सीमाहरु स्थापित गरिएको थियो।

हाम्रो जस्तो सानो, गरिब तथा विकास उन्मुख मुलुकहरु ठुला, शक्तिशाली र विकसित राष्ट्रहरुको लागि केवल एउटा प्रयोगशाला मात्र हो। जहाँ उनीहरुले समय समयमा विभिन्न प्रकारका प्रयोगहरु गरि नै रहेका हुन्छन। भदौ २३-२४ गते नेपालमा घटाइएको राजनीतिक घटनाक्रम पनि त्यसैको निरन्तरता नै हो।

जहाँ यो घटना घटाउन एस्तो उमेर समुहका युवाहरुलाई प्रयोग गरियो/चुनियो जसको रियाक्सन(reaction) गर्ने क्षमता(capacity) अत्यधिक हुनुको साथै द्रुत गतिमा परिणामको नजिक पुग्ने सामर्थ्य पनि हुन्छ।

ठिक त्यसरी नै जसरि प्रयोगशालामा बैज्ञानिक/अनुसन्धानकर्ताहरुले कुनै पनि रियाक्सनलाइ(reaction) द्रुत गतिमा परिणाम मुखी बनाउन क्यतालिस्ट(catalyst)को प्रयोग गर्ने गर्छन। यी उमेर समूहका युवाहरु अविवेकी, परिपक्वताको अभाव र पूर्ण रुपमा सोच्न सक्ने क्षमताको विकास भएको हुदैन भन्ने कुराको राम्रो संग जानकार ति प्रयोगकर्ताहरुले यिनीहरुलाई क्यतालिस्ट(catalyst)को रुपमा प्रयोग गरे जस बमोजिम आफुले इच्छ्याएको जस्तो परिणाम पनि दुइ दिनमा हात पारे।

यो परिणाम हात पार्नुको पछाडी लित्मस पेपर(litmus paper) रुपी प्रयोग गरिएका व्यक्तिहरु(नयाँ भनिएका स्वतन्त्र राजनीतिक कर्मीहरु, नयाँ राजनीतिक दलका नेताहरु र केहि NGO संग आबद्ध राख्ने व्यक्तिहरु)ले पनि अहम भूमिका खेले जसले पुराना राजनीतिक दलको पक्ष र बिपक्षमा जनताहरुलाई छुट्टाउने काम गरे। पत्रकार, कन्टेन्ट क्रेयेटर(content creator), सामाजिक अभियन्ता, so-called बुद्धिजीवीहरुलाई पनि प्रयोग गरि आफ्नो स्वार्थको घोलमा मिसाई निलोलाइ रातो र रातोलाइ निलो देखाउने काम गरियो। जसले जनताहरुमा पुराना राजनीतिक दलहरुप्रति बितिर्सना बढ्दै/फैलिदै गयो र देश आजको स्थितिमा आइपुग्यो।

अनुसन्धान/प्रयोगकर्ताहरुले यो सबै घटनाक्रमबाट तत्कालको लागि के निष्कर्ष निकाले भने बिना कुनै सैन्यबल प्रयोग गरेर पनि हामी जस्ता सानो मुलुकहरुको सत्ता परिवर्तन गरि आफु अनुकुलको सरकार गठन गर्न सकिदो रहेछ जहाँ आफ्नो अजेण्डा(agenda)हरु निर्वाधरुपमा सजिलै लागु गर्न सकिने रहेछ।

यी सबै कुराहरु गरिरहदा एउटा छुट्याउनै नहुने नेपालमा गरिएको प्रयोगको बारेमा पनि उल्लेख गर्नु पर्ने हुन्छ। २०४८/५० सालतिरको कुरा होला म सानो छदा रेडियो नेपालमा एउटा प्रचार प्रशारण गरिन्थ्यो। जसलाई नेपाल CRS कम्पनीले प्रायोजित गरेको थियो। “एउटा बच्चा स्कुल जान थाले पछि मात्र अर्को बच्चा जन्माउनु” अर्थात् पहिलो र दोस्रो बच्चाको बिचको उमेर अन्तर चार-पांच बर्ष हुनुपर्ने। यो कार्यक्रमलाइ आमाको स्वास्थ्य र बच्चाको बृधि विकाससंग जोडेर सरकारी तथा गैर सरकारी संगसंस्था मार्फत नेपालमा व्यापक प्रचार गरियो जसको फल स्वोरुप नेपाली विवाहित दम्पतिहरुले यसको अनुशरण गर्न थाले।

यो सबै प्रक्रियाहरुलाई अनुसन्धानकर्ता राष्ट्रहरुका विज्ञहरुले यसबाट आउने/देखिने परिणामहरुलाई एकदम नजिकबाट हेरिरहनुको साथै सुक्षम अध्यन गरिरहेका थिए। जब समय बित्दै गयो र परिणामहरु देखिन सुरु भयो तब अनुसन्धानकर्ताहरुले के देखे भने यो ४-५ बर्षको जुन अन्तर छ यो एकदम झन्झटिलो , खर्चीलो र अव्योभारिक रहेछ भन्ने निस्कर्षमा पुगे।

झन्झटिलो: जब एउटा विवाहित युवतीले बच्चालाई जन्म दिन्छ उसले त्यो बच्चा हुर्काउन ४ देखि ५ वर्ष समय बेतित गर्छ र फेरी उ अर्को बच्चा जन्माउन तेत्रो अन्तराल पछि फेरी त्यहि सुरुको प्रक्रियाबाट गुज्रिनु पर्ने हुन्छ। जसले गर्दा उसको आफ्नो करियर (career) बनाउने समय बच्चा जन्माउन र हुर्काउन मै सकाईरहेको हुन्छ।

खर्चीलो: पहिलो बच्चा जन्मे पछि उसको लुगा कपडा, खेल्ने सामान अर्को ४-५ वर्षपछि जन्मिने बच्चालाई केहि काम लाग्दैन किनभने ४-५ वर्ष कमै अभिभावकले मात्र सेहारेर राख्छन होला। अर्को कुरा खाना, जस्तै पहिलो बच्चालाई खुवाउदा बचेको खानालाई फाल्नु पर्ने बाध्यता हुन्छ। येति वर्षको फरकको inflation ले पनि खर्च बढ्न जान्छ।

भाइ-बहिनिको सम्बन्ध: यो उमेर अन्तर भएका भाइ-बहिनिहरुमा प्राय त्यति घनिष्ट र मित्रवत सम्बन्ध हुदैन जसले गर्दा तिनीहरु बीच आफ्नो मनको कुरा एक अर्कालाइ खुलेर बताउन सक्दैनन्।

यी सबै कुराहरुको अध्यन गरेर अनुसन्धानकर्ता राष्ट्रहरुले आफ्नो देशमा के लागु(apply) गरे भने एक वा डेढ वर्षको फरकमा बच्चा जनमाउदा बढी किफायती (economical), एउटा बच्चाको लुगा, खेल्ने सामान, खाने कुरा अर्को बच्चालाइ हुने र दुइवटै बच्चा संग संगै हुर्कादा तिनीहरु बीच मित्रवत र घनिष्ट सम्बन्ध हुनुको साथै जनशक्ति र समय पनि कम लाग्ने र आमाले पनि आफ्नो करियर (career) बनाउन प्रशस्त समय पाउने कुरामा विश्वस्त भई प्राप्त गरेको परिणामलाइ आफ्नो देशमा अनुशरण गर्न थाले।

स्मरण होस् बाहिय शक्ति राष्ट्रहरुको यस्तो प्रयोग, अनुसन्धान र प्रभाव हावा जस्तै हुन्छ, तिनीहरुलाई देख्न सकिदैन केवल महसुस र बुझ्न मात्र सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img