काठमाडौँ । काठमाडौँमा तन्दुरी व्यवसाय गर्नेहरुको साझा संस्था लुम्बिनी तन्दुरी व्यवसायी संघको अध्यक्षमा युवा व्यवसायी सुरज पोखरेल निर्वाचित भएका छन् ।
शनिबार सप्पन्न भएको संघको सातौं अधिवेशन तथा १४ साधारणसभाबाट पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
साथै उपाध्यक्षमा हरिप्रसाद पोखरेल, सचिवमा नमराज पोखरेल, कोषाध्यक्षमा विश्वप्रताप हमाल र सदस्यहरुमा गणेश भुसाल, कबिराज पोखरेल, नारायणप्रसाद पोखरेल चयन भएका छन् र लेखा समिति संयोजकमा माधवराज पोखरेल, सदस्यमा रमेश पौडेल, ज्ञानिश्वर पोखरेल चयन भएको आयोजकले जनाएको छ ।













