९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन भारतमा सम्पन्न

पटना, भारत ।  भारतको विहारस्थित पटनामा अन्तर्राष्ट्रिय ज्योतिष, वास्तु तथा तन्त्र सम्मेलन-२०८२ सम्पन्न भएको छ । विश्व ज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ र एष्ट्रो वास्तु एण्ड वैदिक साइन्सेस हव पटना भारतको संयुक्त आयोजना एवम् दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति भारतको व्यवस्थापनमा भारत पटना स्थित होटल चाणक्यमा अप्रील ४,५ र ६ मा तिनदिने सम्मेलन सम्पन्न भएको हो । उक्त सम्मेलनमा नेपालको तर्फबाट ८० जना विभिन्न विधाका ज्योतिष तथा धार्मिक गुरुहरूको प्रतिनिधित्व रहेको थियो । कार्यक्रमको उद्घाटन भारत बिहार प्रदेश  सरकारका ग्रामीण तथा सहरी विकासमन्त्री डा. अशोककुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो सम्मेलनको क्रममा भारत विहार प्रदेश सरकारका ग्रामिण विकास मन्त्री डा.अशोक चौधरीले यस्तो  ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलन पहिलोपटक पटनामा आयोजना हुनु अत्यन्तै गौरवको कुरा रहेको बताउँदै आगामी दिनमा हुने यस्ता पवित्र कार्यक्रमहरुलाई प्रदेश सरकारले साथ र सहयोग गर्ने बताउनुभयो र आयोजक समितीको उच्च प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।

भारत विहार प्रदेश विधान सभाका अध्यक्ष डा.प्रेम कुमारले ज्योतिषशास्त्र अत्यन्तै वैज्ञानिक र व्यवहारोपयोगी रहेको बताउँदै यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरुले यसको प्रचारप्रसार संरक्षण र संवर्द्धनमा महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो ।

विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेलले नेपाल र भारतका ज्योतिषीहरुको साथ सहयोग र मिहिनेतले नै महासंघको प्रधान कार्यालय नेपालमा रहन सफल रहेको प्रस्तावक देश भारत र समर्थक देश  बंगलादेशलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितीका कार्यकारी निर्देशक तथा दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य लक्ष्मण पन्थीले नेपाल र भारतमा प्रकाशित हुने पञ्चाङ्गहरुमा एकरुपता हुनुपर्ने र भारतमा मनाइने जात्रापर्वहरु नेपाली पञ्चाङ्गहरुमा समावेश भएको र नेपालका जात्रापर्वहरु पनि भारतमा प्रकाशित हुने पञ्चाङ्गमा समावेश गर्नुपर्ने माग राख्दै नेपालमा चैत्र शुक्लप्रतिपदाका दिन मनाइने ज्योतिष दिवस अन्तर्राष्ट्रिय स्तरमा रुपमा मनाउन उक्त सम्मेलन मार्फत प्रस्ताव गर्नुभयो ।

भारत सरकार पुर्व केन्द्रीय मन्त्री सन्जयकुमार पाशवान लगायत, विश्व ज्योतिष महासंघका सभापति आचार्य अशोककुमार मिश्र,  नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष ज्यो.केशवप्रसाद धिताल, कार्यकारी सभापति कमलप्रसाद काफ्ले, सचिव शिवलाल पौडेल, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति  नेपालका सभापति खिलानाथ काफ्ले लगायतका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।

ज्योतिष, वास्तु तन्त्र क्षेत्रमा योगदान पुर्याउने विभिन्न विधाका गुरुहरुलाई सम्मान समेत गरिएको थियो ।  अन्तर्राष्ट्रिय सम्मेलनले ज्योतिष, वास्तु र तन्त्र शास्त्रलाई अझ व्यवस्थित, मर्यादित र वैज्ञानिक ढङ्गले अगाडि बढाउन मद्दत पुग्ने र आगामी दिनहरूमा पनि यस क्षेत्रको संरक्षण र प्रवर्धनमा निरन्तर सहयोग पुग्ने आयोजकले बताएको छ । उद्घाटन सत्रको सभापतित्व डा.लोकराज पौडेलले गरि रस्मिता शास्त्रीको सहजीकरणमा सुरु भएको सम्मेलनको समापन सत्रमा बिहार संस्कृत शिक्षा बोर्डका अध्यक्ष मृत्युन्जय झाको प्रमुख आतिथ्यता एवम् आचार्य लक्ष्मण पन्थीको सभापतित्वमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img