व्यासाचार्य भुवन गुरु बेलायतमा शास्त्र र संगितको उजागर गर्दै

लण्डन– संगीतमय किर्तनका साथ कथावाचनका लागि व्यासाचार्य तथा वाचक भुवन गुरु लन्डन पुग्नुभएको छ । लन्डनस्थित पशुपतिनाथ मन्दिर र बर्मिङहमस्थित पशुपतिनाथ मन्दिर शनिधामको संयुक्त पहलमा बेलायत वासी नेपाली माझ कथावाचनका लागि उनी बुधबार लण्डन पुग्नुभएको हो ।
लन्डन हिथ्रो विमानस्थलमा ज्योतिषी पण्डित निलहरि घिमिरे सहितको टिमले गुरुलाई स्वागत गरेका थिए । झण्डै डेढ महिनाका लागि बेलायत जानुभएका उहाँले बेलायतका विभिन्न स्थानमा किर्तनसहितको कथावाचन गर्ने योजना रहेको बताउनुभएको छ ।
बैशाख १ गते लन्डन पशुपतिनाथ मन्दिरमा भुवन गुरुको स्वागत सहित नयां वर्ष मनाउने कार्यक्रम रहेको पण्डित निलहरि घिमिरेले जानकारी दिए । सोही मन्दिरमै शिवकथाका साथ तीन दिने महायज्ञ समेत गर्ने योजना रहेको तर मिति तय भइनसकेको उनले बताए ।
नेपालका विभिन्न क्षेत्रसंगै केही एशियाली मुलुक र अष्ट्रेलियामा समेत कथावाचन गरिसकेपछि गुरु बेलायत आएका हुन् गुरुका कथावाचन आयोजना गर्न वा अन्य जानकारीका लागि लन्डन पशुपतिनाथ मन्दिर र बर्मिङहम पशुपतिनाथ मन्दिर शनिधाममा सम्पर्क गर्न सकिने जनाइएको छ ।
अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेण्टरको Anmc सांस्कृतिक दुत, गोदावरी नगरपालिका ललितपुरको अवैतनिक धार्मिक पर्यटन तथा सद्भावना दुत, नेपाली भजन कीर्तन समूह एडिलेट अष्टे«लियाको प्रमुख सल्लाहकार, सनातन समाज अष्टे«लियाको निवर्तमान सल्लाहकार समेत रहनुभएका भुवन गुरुले बेलायतमा शास्त्र र संगितको उजागर गर्दे धार्मिक सांस्कृतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img