आज राति तराई र पहाडमा तीव्र वेगको हुरी चल्ने सम्भावना, सुन्तला र पहेँलो रङसहित चेतावनी जारी

आज (शुक्रबार) राति देशभरकै तराई र पहाडी क्षेत्रमा तीव्र वेगको हुरी चल्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले चेतावनी जारी गरेको छ।  विभागले हुरीको सम्भावना बढी रहेका स्थानमा फरक-फरक रङ दिएर चेतावनी नक्सासमेत जारी गरेको छ।

मौसम विभागले लेखेको छ, ‘आज राति देशका तराई र पहाडी क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। हावाहुरीसहित कतिपय ठाउँमा असिना पानी पनि पर्ने सम्भावना देखिन्छ। नक्सामा सुन्तला रङ लगाइएको तराई क्षेत्रका बासिन्दाले सतर्क रहनुहोला। पहेँलो रङ लगाइएको पहाडी क्षेत्रका बासिन्दाले मौसमबारे जानकारी लिँदै गर्नुहोला।’

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार हुरीको खतरा पहाडमा भन्दा तराई क्षेत्रमा बढी देखिएको छ।

‘हुरीको सम्भावना देशभरकै पहाड र तराई क्षेत्रमा देखएिको छ’, उनले नेपालखबरसँग भनिन्, ‘तर हुरीको खतराका हिसाबले पहाडभन्दा तराईमा बढी देखिएको छ।’

हेर्नुहोस् हुरीका लागि चेतावनी नक्सा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img