
- नेपाली कांग्रेसको इतर पक्षले साउन २९ गतेका लागि राष्ट्रिय भेला बोलाएको छ।
- पार्टी नेतृत्वसँग सहमति नभए नयाँ दल खोल्ने चेतावनी इतर पक्षले दिएको छ।
- नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै पार्टीभित्र विभाजनको संकेत देखिएको छ।
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेला बोलाएको छ भने यससँगै कांग्रेस औपचारिक रुपमा विभाजनको दिशातिर गएको छ।
कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसर काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय भेलाको घोषणा भएको हो। कार्यक्रमका संयोजक तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले साउन २९ गते राष्ट्रिय भेला बोलाएको घोषणा गरेका हुन्।
‘‘हाम्रो राष्ट्रिय भेला साउन २९ गते हुन्छ। काठमाडौंमा हुन्छ। यो थ्रेट होइन। काम गरेर देखाउने हो। हिजो पनि देखाएको हो,’ उनले भने। उनले १५ औँ महाधिवेशन एकताको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए। विशेष र नियमित महाधिवेशनको कारणले पार्टी विभाजित अवस्थामा रहेकाले एकताबद्ध हुनुपर्ने उनको भनाइ छ।
विशेष महाधिवेशनको नाममा गगन थापाले पार्टी कब्जा गरेको आरोप लगाए।
साउनभित्रमा सहमतिका लागि सभापति गगन थापाले प्रयास नगरे अर्को पार्टी घोषणा गर्ने इतर पक्षको तयारी छ। पार्टी नेतृत्वले सहमतिको लागि कुनै प्रयास नगरेको आरोप नेताहरूले लगाएका छन्।
कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राजनीतिबाट निष्क्रिय नबस्ने भन्दै युवालाई अघि सारेर हिँड्न तयार रहेको बताए। ‘कोही पनि निष्क्रिय बस्नेवाला छैनौँ। हामी युवालाई अघि सारेर युवाहरूको रक्षा कवज भएर हिँड्न तयार छौं।















