
- नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा कायम भएको छ।
- शुक्रबार कारोबार रकम बढेर ६ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।
- कम्पनीको सेयर मूल्य बढ्दा बैंकिङ समूहमा सर्वाधिक सुधार देखिएको छ।
काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २७३४.६३ विन्दुमा कायम भएको छ । शुक्रबारको बजारमा १४३ कम्पनीको मूल्य बढ्दा ११८ कम्पनीको घटेको छ भने १५ कम्पनीको स्थिर रह्यो ।
शुक्रबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार ४ अर्ब ६७ करोडको कारोबार भएकोमा शुक्रबार ६ अर्ब २६ करोडको सेयर किनबेच भयो । शुक्रबार धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, कुमारी बैंक, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स अगाडि रहेका छन् ।
बैंकिङ समूह सबैभन्दा धेरै १.१७ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ०.९६, होटल तथा पर्यटन ०.४२, जीवन बीमा ०.१३, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.०२, प्रतिशत बढेका छन् । व्यापार ०.३५, अन्य ०.२६, उत्पादन तथा प्रशोधन ०.५९, जलविद्युत् ०.१२ तथा फाइनान्स ०.१५ प्रतिशत घटेका छन् ।
एभरेस्ट कलर कम्पनीको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै सगरमाथा जलविद्युतको ६.५९, खानीखोला हाइड्रोपावरको ६.००, झापा इनर्जीको ५.५० तथा दरामखोला हाइड्रो इनर्जीको ४.६८ प्रतिशत मूल्य बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ७.३८, बोटलर्स नेपाल बालाजुको ३.००, नाडेप लघुवित्तको २.८९, सोलु हाइड्रोपावरको २.८९ प्रतिशत मूल्य घट्यो ।















