
- सुनसरी घटना र समसामयिक विषयमा छलफल गर्न रास्वपाले सर्वदलीय बैठक बोलाएको छ।
- सिंहदरबारमा जारी उक्त बैठकमा प्रमुख दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ।
- सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न साझा सन्देश दिने उद्देश्यले बैठक आयोजना गरिएको हो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेताहरु सहभागी छन् ।
रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताएका छन् ।















