राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ

समाचार सारांश
Auto Generated by AI
  • सुनसरीसहित मधेशका विभिन्न क्षेत्रमा देखिएको अशान्तिप्रति राष्ट्रपति पौडेलले चिन्ता व्यक्त गर्नुभएको छ।
  • नेपालीको पहिचानको रूपमा रहेको सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न उहाँले आह्वान गर्नुभएको छ।
  • शान्ति सुरक्षा पुनर्स्थापनाका लागि सरकारले हरसम्भव प्रयास गर्नेमा राष्ट्रपतिले विश्वास व्यक्त गर्नुभएको छ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीसहित मधेशका विभिन्न ठाउँमा देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन् ।

पौडेलले केही बेरअघि एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताएका छन् ।

उनले भनेका छन्, ‘यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु ।’

राष्ट्रपति पौडेलले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

प्रधानमन्त्री बालेन शाह शीतल निवासमा

नेप्से घटेर २६८८ विन्दुमा, ४ अर्ब २ करोडको सेयर किनबेच

१५ दिन स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै

पाँच बुँदे सहमतिपछि चिकित्सकको आन्दोलन स्थगित

लुम्बिनीमा १२ मन्त्रालय घटाएर ८ बनाइयो, कुन मन्त्रालय कता ?

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img