
- दुर्गा प्रसाईँलाई प्रहरीले गिरफ्तार गरेपछि भक्तपुर जिल्ला अदालतमा पेस गरिएको थियो।
- प्रहरीले विभिन्न तीनवटा कसुरमा अनुसन्धानका लागि म्याद मागेको थियो।
- अदालतले प्रसाईँलाई हिरासतमा नराखी अनुसन्धान अघि बढाउन आदेश दिएको छ।
काठमाडौं। राजावादी आन्दोलन चलाउने घोषणापछि प्रहरीद्वारा गिरफ्तार दुर्गा प्रसाईँ छुटेका छन् ।
जिल्ला प्रहरी भक्तपुरका प्रवक्ता डीएसपी दीपक कार्कीका अनुसार उनलाई हिरासतमा नराखी मुद्दाको अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।
उनका विरुद्ध साइबर अपराध, राज्यविरुद्ध, सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्ध र सार्वजनिक शान्तिविरुद्धको कसुरसहित तीनवटा मुद्दामा अनुसन्धान गर्न प्रहरीले म्याद मागेको थियो ।
भक्तपुर जिल्ला अदालतले ती सबै कसुरमा हिरासत बाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।















