
- नेपाल ज्योतिष परिषद् ललितपुरको सातौं अधिवेशनबाट शुभद्रीका शर्मा राजोपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
- कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट व्यक्तित्वहरूले परिषद्ले सांगठनिक विकाससँगै धर्म, संस्कृति र ज्योतिषशास्त्रको संरक्षणमा जोड दिनुपर्ने बताएका छन्।
- वि.सं. २०५५ मा स्थापित यस परिषद्ले ज्योतिषहरूको हकहित र प्राज्ञिक उन्नयनका लागि निरन्तर काम गर्दै आएको जानकारी गराइएको छ।
पाटन । नेपाल ज्योतिष परिषद् जिल्ला कार्य समिति ललितपुरको सातौं अधिवेशनबाट अध्यक्षमा पुनस् निर्विरोध शुभद्रीका शर्मा राजोपाध्याय निर्वाचित हुनुभएको छ ।
जसको उपाध्यक्षमा गंगादेवी महर्जन डंगोल, योगिता जोशी, सचिवमा नरेन्द्र महर्जन, कोषाध्यक्षमा निर्मला मास्के, सहसचिवमा लीला जोशी श्रेष्ठ, सहकोषाध्यक्षमा अन्जु श्रेष्ठ यसैगरी सदस्यहरुमा उषा सिंह मल्ल, कुमार बस्नेत, दिनानाथ जोशी, भरतबहादुर श्रेष्ठ, चन्द्रलाल श्रेष्ठ, दिपकरत्न शाक्य, रामसुन्दर श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिका सचिव आचार्य शिवकुमार सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि नेपाल पन्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईले आफू पन्चाङ्ग निर्णायक विकास समितिको अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईले पञ्चाङ्ग निर्णायक विकास समिति ज्योतिषीय संघसंस्था सँग समन्वय गरेर अघि बढ्ने बताउँदै परिषद्ले सांगठनिक सँगसँगै प्राज्ञिक कार्यमा समेत लाग्नुपर्ने बताउनुभयो ।

नेपाल ज्योतिष परिषद् केन्द्रीय समितीका अध्यक्ष आचार्य केशवप्रसाद धितालले नेपालको धर्म, संस्कृति, परम्परा र रितीरिवाज जोगाउनमा काठमाडौँ भक्तपुर र ललितपुरका नेवारहरुको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले वर्तमान समयको चुनौतीलाई सामना गर्दै फलादेश गर्ने ज्योतिषी गुरुहरुले संयम र मर्यादित भएर भविष्यवाणी गर्नुपर्ने बताउनुभयो । दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय तथा अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य लक्ष्मण पन्थीले ललितपुर जिल्लाका सबै अधिवेशनहरुमा उपस्थित हुने सौभाग्य मिलेको बताउँदै आगामी दिनमा पनि ललितपुर जिल्ला समितिलाई साथ र सहयोग पुर्याउने बताउनुभयो ।
विश्व ज्योतिष महासंघ केन्द्रीय तथा अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष राजीव आचार्यले वास्तु सम्बन्धि विविध जानकारी गराउँदै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिव आचार्य शिवलाल पौडेलले नेपाल ज्योतिष परिषद् वि।सं। २०५५ साल पौष २४ गते स्थापाना भै यसले ज्योतिषशास्त्रको संरक्षण र ज्योतिषीहरुको हकहितका लागी निरन्तर क्रीयाशिल रहेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सहकोषाध्यक्ष आचार्य शिवकुमार सुवेदी, केन्द्रीय सदस्य ज्ञानेन्द्रप्रसाद जोशी, उपत्यका समिति अध्यक्ष यज्ञरत्न बज्राचार्य, भक्तपुर जिल्ला अध्यक्ष उपप्रा शान्तरत्न बज्राचार्य, राजोपाध्याय समाजका अध्यक्ष श्री संजय राज राजोपाध्याय, अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्मा राजोपाध्याय लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम अध्यक्ष सुभद्रीका शर्मा राजोपाध्यायको अध्यक्ष निवर्तमान सचिव योगिता जोशीको सहजीकरणमा सम्पन्न भएको थियोे ।















