५ महिनापछि देउवा नेपाल फर्किए, पार्टी एकताका लागि गरे आव्हान

समाचार सारांश
Auto Generated by AI
  • देउवाले पार्टीभित्रको एकता र सहकार्यमा जोड दिएका छन्।
  • पार्टीका असहमति र निराशालाई तत्काल समाधान गर्नुपर्ने बताएका छन्।
  • सरकारलाई आग्रह र पूर्वाग्रह नराखी जनताको आकांक्षा पूरा गर्न आग्रह गरेका छन्।

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी एकताको आह्वान गरेका छन्। करिब साढे ५ महिनापछि काठमाडौं फर्किएका देउवाले एकताको आह्वान गरेका हुन्। आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको उल्लेख गरेका छन्।

कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आवश्यकता भएको बताए। उनले पार्टीभित्र देखिएका असहमति र निराशा तुरुन्तै समाधान गर्नुपर्ने उल्लेख गरेका छन्।

आजै सिंगारपुरमा उपचार गराएर स्वदेश फर्किएका देउवाले अपिल पत्र जारी गर्दै परिवर्तन सजिलो हुँदैन भन्नेकुरा आफूले राम्रोसँग जानेको भनेका हुन् ।

उनले आफ्नो दायित्व भुलेर सरकार राजनीतिक आग्रह पूर्वाग्रह साँध्न लाग्ने हो भने त्यो मुलुकको हितमा नहुने बताएका छन्।

‘परिवर्तन सजिलो हुँदैन भन्ने कुरा म राम्ररी जान्दछु। परिवर्तनको बाटो कहिल्यै समतल हुँदैन; यसले धैर्य, साहस र दृढताको परीक्षा लिन्छ। जनतामा अहिले परिवर्तनको ठूलो आकांक्षा देखिएको छ। त्यसलाई सम्बोधन गर्नुपर्ने वर्तमान सरकारको दायित्व हो,’ उनले भनेका छन्, ‘आफ्नो दायित्व भुलेर राजनीतिक आग्रह पूर्वाग्रह साँध्ने हो भने त्यो सत्तारुढ दल र मुलुककै लागि हितकर हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

लोकप्रिय गायक मोतिराज खनालको “कम्मरु भाँचौंला” तीजगीत इन्द्रेणीमा विमोचन

‘कश्यप ज्योतिःसार’ लोकार्पण हुँदै

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा बजेट पर्याप्त छ: मन्त्री लम्साल

नेपाल ज्योतिष परिषद् धादिङको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित

भूमिकास्थानमा १५ शैयाको अस्पताल सञ्चालन

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img