
समाचार सारांश
Auto Generated by AI
- कर्णाली अटोमोबाइल्स एशोसिएशनको अध्यक्षमा इन्द्रबहादुर खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
- नयाँ समितिले व्यवसायीको हकहित, सञ्जाल विस्तार र सरकारी निकायसँग समन्वय गरी काम गर्ने योजना बनाएको छ।
- कार्यसम्पादनलाई प्रभावकारी बनाउन प्रतिस्पर्धात्मक कार्यशैली र ट्राफिक सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछ।
कर्णाली अटोमोबाइल्स एशोसिएशन नेपालको अध्यक्षमा इन्द्रबहादुर खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। तीन वर्षे कार्यकालका लागि चयन भएको यस नयाँ टिमले कर्णाली क्षेत्रमा अटोमोबाइल्स क्षेत्रको विकास, व्यवसायीको हकहित र सबै जिल्लामा बलियो व्यावसायिक सञ्जाल निर्माण गर्ने योजना अघि बढाएको छ। व्यवसायीका समस्या सम्बोधन गर्न सम्बन्धित सरकारी निकाय र नाडाको केन्द्रीय समितिसँग समन्वय गरिने अध्यक्ष खड्काले जानकारी दिए।
कार्यसमितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउन मासिक बैठकको पालोपालो नेतृत्व गर्ने र कामको आधारमा तीनवटा टिमबीच स्वस्थ प्रतिस्पर्धा गराएर पुरस्कृत गर्ने नवीन अभ्यास सुरु गरिएको उनले बताए। साथै, वर्षभरि ट्राफिक सचेतना, आजीवन सदस्यता विस्तार र संगठन सुदृढीकरणलाई मुख्य कार्यक्रमको रूपमा सञ्चालन गरिनेछ । हालै सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाशकुमार शाही, रामबहादुर खड्का र गोपाल पौडेल, महासचिवमा सैयद अन्वर अलि, सचिवमा अर्जुन दाहाल, कोषाध्यक्षमा राजन ओली तथा सदस्यहरूमा सूर्य थापा, उमेश विष्ट, हरि पौडेल र जनकराज गिरी चयन भएका छन्।















