
- विपद्को सामना गर्न सरकारसँग भएका स्रोत र साधन पर्याप्त छैनन्।
- राज्यले परिचालन गरेमा सहयोग गर्न नेपाली कांग्रेस तयार छ।
- विपद् व्यवस्थापनका लागि सबै पक्षको सहकार्य आवश्यक छ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।
रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सभापति थापाले सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए ।
सभापति थापाले भने, ‘सरकारबाट भएको स्रोत र साधनबाट मात्रै यत्रो विपत्तिमा काम गर्न सम्भव हुँदैन । राज्यले सबै संयन्त्र परिचालित गरिरहेको छु भनिरहँदा सँगसँगै के पनि ख्याल गर्नु पर्दछ भन्दा नियमित समयमा सरकारसँग भइरहेका साधनहरू भन्दा बाहेक सबै राज्यकै हो । सरकारले परिचालित गर्दा हामी तयार छौं ।’















