कांग्रेस १५ औं महाधिवेशन : आजदेखि बन्दसत्र

समाचार सारांश
Auto Generated by AI
  • काठमाडौंमा आजबाट नेपाली कांग्रेसको महाधिवेशनको बन्दसत्र सुरु हुँदैछ।
  • बन्दसत्रमा साढे सात हजार प्रतिनिधिले विभिन्न प्रतिवेदनमाथि छलफल गर्नेछन्।
  • निर्वाचन तालिका अनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान हुनेछ।

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ । खुलामञ्चमै हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस हुँदैछन् ।

बन्दसत्रमा करिब ७ हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन् । सहभागीहरुलाई भूगोलका आधारमा तीन समूह (हिमाल, पहाड र तराई–मधेश) मा विभाजन गरी प्रतिवेदनमाथिको छलफलमा सहभागी गराउने कार्यक्रम छ । हिजो खुलामञ्चमा महाधिवेशनको उदघाटन समारोह भएको थियो ।

निर्वाचन तालिका सार्वजनिक

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने छ ।

आज ५ बजे मतदाता नामावली प्रकाशन हुने छ । ५ बजेदेखि ६:३०  बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोधको समय तोकिएको छ । आज बेलुका ८:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यस्तै, असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन हुने छ ।

अपराह्न ४:३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्न ४:३० देखि साँझ ५:३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।

त्यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने छ ।

त्यसपछि असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

भर्खरै ⏱️

विभिन्न धार्मिक संघसंस्थाबाट काँग्रेस महाधिवेशनमा १०७ जना महाधिवेशन प्रतिनिधि

कांग्रेस महाधिवेशनको तयारी पूरा, देउवा नआए सभापती गगन थापाले उद्घाटन गर्ने

केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img