वामदेवलाई निष्काशन गर्ने सफलसहित पाँचै जना साधारण सदस्य समेत नरहने गरी निष्काशन

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अराजक र उद्दण्ड कृयाकलापमा संलग्न रहेका युवराज सफल, कृष्णगोपाल वञ्जारा, निलकण्ठ पौडेल, मिननाथ देवकोटा र तेज बहादुर कार्कीलाई अभियानको केन्द्रीय कमिटी र साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ ।

अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले आइतबार विज्ञप्ति जारी गर्दै पाँचै जनाले गरेका कृयाकलाप आपत्तिजनक, अराजक, कृतघ्नतापूर्ण र सर्वथा अस्वीकार्य रहेको उल्लेख गरेका छन् । ‘यस्ता कृयाकलाप हाम्रो एकता अभियानका लागि कुनै ठूलो विषय थिएन, तर केही सञ्चारमाध्यमहरुले समाचारको तथ्यमा प्रवेश नै नगरी पागलपूर्ण प्रलापलाई निकै महत्व दिएर प्रचार–प्रसार गर्नुलाई सचिवालय बैठकले गम्भिर रुपमा लिएको छ’, पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ​

​‘मिति २०७९/०३/१८ गते संयोजक कमरेड वामदेव गौतमको अध्यक्षतामा बसेको सचिवालय बैठकले यस्ता अराजक गतिविधिमा संलग्न व्यक्तिहरु युवराज सफल, कृष्णगोपाल वञ्जारा, निलकण्ठ पौडेल, मिननाथ देवकोटा र तेज बहादुर कार्कीलाई नेकपा एकता राष्ट्रिय अभियानको केन्द्रीय कमिटी लगायत साधारण सदस्यसमेतबाट निस्कासन गर्ने निर्णय गरेको छ’, अभियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

नेपालको प्रथम विद्यार्थी आन्दोलनको ऐतिहासिक विरासत र समकालीन सान्दर्भिकता

जयतु संस्कृतम्’ संस्थाद्वारा संस्कृत वक्तृत्वकलाको आयोजना 

महेश विद्यापीठको त्रिदिवसीय विद्वद्गोष्ठी र समालोचकीय दृष्टि

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img