घनश्याम पौडेल
अर्घाखाँची, २ कात्तिक । नेपाली काँग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको बैठक सम्पन्न भएको छ । जिल्ला कार्य समितीको पदाधिकारी, प्रदेश सभा (क) र (ख) का सभापति, ६ वटै पालिकाका सभापतिहरु सहित बसेको संयुक्त बैठकले सर्वसम्मत रुपमा महासमिती सदस्य छनोट गर्न नसकेपछि निर्वाचन हुने भएको काँग्रेस अर्घाखाँचीले जनाएकोछ ।
बैठकले नेपाली काङ्ग्रेस महासमिति सदस्यको निर्वाचनको लागी निर्वाचन मार्फत टुंगो लगाउँने निर्णय गरेको काँग्रेस अर्घाखाँचीका प्रचार विभाग प्रमुख सुर्य भुसालले बताए । भुसालका अनुसार कात्तिक १० गते महासमिति सदस्यका लागि मनोनयन दर्ता गर्ने र १५ गते निर्वाचन गर्ने निर्णय गरेको काँग्रेसले गरेको छ ।
काँग्रेस अर्घाखाँचीमा महासमिती निर्वाचनमा खुल्लातर्फबाट ५ जना, खुल्ला महिलाबाट २ जना, खसआर्य पुरुषबाट १ जना, खसआर्य महिलाबाट १ जना, जनजातिबाट १ जना छनोटका लागी निर्वाचन हुदैँ छ । दलिततर्फ भने सर्वसम्मत मनिराम परियार चयन भईसकेका छन् ।
बैठकमा जिल्ला सभापति केशव श्रेष्ठ, उपसभापति विष्णु भुसाल, बाबुराम पौडेल, सचिव कृष्ण खनाल, कोषाध्यक्ष विष्णु क्षेत्री, सहसचिवद्धय कमल पौडेल, मेगराज पाण्डे, प्रदेश सभा (ख) का सभापति हेमन्त बेल्वासे, प्रदेश सभा (क) का सचिव नारायण भुसाल, सन्धिखर्क सभापति बाबुराम भुसाल, शितगंगा सभापति मोहन पन्थी, भुमिकास्थान सभापति खडानन्द बेल्वासे, पाणिनी सभापति तुल्सीराम पौडेल, छत्रदेव सभापति प्रकाशराज पन्थी, मालारानी सभापति शोभाखर खनाल लगाएत बैठकमा सहभागी छन् ।