५ फाल्गुन २०८१, सोमवार
५ फाल्गुन २०८१, सोमवार
spot_img

नजिकियो दशैं, स्थानिय सरकारले सुध्रार्दै अर्घाखाँचीका सड्क

घनश्याम पौडेल
अर्घाखाँची, २ कात्तिक । नेपालीहरुको महान चाड विजयादशमी नजिकीदै जादाँ स्थानिय सरकारको चासो मोटरबाटा मर्मतमा गएको छ । बर्खाभरी परेको अविरल वर्षाका कारण अस्तव्यस्त भएका गाउँगाउँका टोलमा जाने सड्क मर्मतका लागी डोजर स्थानिय सरकारले चलाएका छन् । विजयादशमी तथा दिपावली मनाँउन गाउँमा आउँने गाउँबासीलाई सहज बनाउँने उद्देश्यले मोटरबाटा मर्मतको कार्य सुरु गरिएको पाणिनी–६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।

वर्षामा परेको पानीका कारण कहि सड्कहरु भत्केका छन, कही खाल्डाखुल्डी छन, दशै नजिक आईसक्यो गाउँमा स्कापियो, ट्याक्सी लगाएतका साना गाडीहरु प्नि ल्याउँन सक्नेगरी मोटरबाटा मर्मतको काम गरिरहेका छौँ, अध्यक्ष पौडेलले भने ।

सन्धिखर्क–गोरुसिंगे मुख्य सड्क मर्मतको काम सकिएको छ, शिवपुर सड्क डिभिजनका इन्जीनियर अर्जुन पाण्डे भन्छन् ‘मर्मत सम्भार अन्र्तगत अर्घाखाँची आउँने मुख्य सड्कका खाल्डाखुल्डीहरु पुरेका छौँ, यात्रुलाई सहज हुन्छ।’
गच्छे–भालुवाङ सड्क प्रदेश राजधानीसँग जोड्ने गौरबको आयोजना हो, सड्कका बस सञ्चालन गर्न भत्कीएका कारण समस्या भएको थियो, मर्मत गरेका छौँ, पुर्वाधार विकास कार्यालयका इन्जिनियर अशोक दवाडीले भने । घुम्ती–पाल्पा सड्क र भञ्ज्याङ्ग–धातिवाङ् सडक बर्खामा नै भत्कीएर गाडी चल्न नसक्ने अवस्था थियो, बर्खामा नै मर्मत गरेका थियौँ, दवाडीले भने ।

नेपालीहरुको महान् पर्व नजिकिँदै गर्दा गाउँघरमा सडकहरु मर्मत गर्नुपर्ने हुन्छ, दशै अगाडी नै सड्क मर्मत गराउँनका लागी वडालाई निर्देशन दिएका छौँ, भुमिकास्थानका नगरप्रमुख झविलाल थापाले भने । वडामार्फत सबै वडामा बाटा मर्मतका कामहरु भईरहेका छन, दशैमा गाउँ भित्रिने बासीन्दाहरु सहजै आउँन सक्नुहुन्छ, थापाले भने ।

सडक स्तरोन्नति हुँदा दुर्घटनाको जोखिम कम हुन्छ, गाउँगाउँमा सड्कहरु मर्मत भईरहेका छन् यातायात व्यवसायीलाई पनि सहज हुन्छ, ट्राफिक नियम पालना गरेर जनतालाई सहजता दिने गरी हामीहरुले सेवा दिन्छौँ, देउराली यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष गोविन्द बन्जाडेले भने ।

‘दसैँतिहारलगायतका महत्वपूर्ण चाडपर्व नजिकिँदैछन्। आफन्तहरु आउँछन्। बाहिरका मान्छेहरु आउँछन्,’ ‘सवारी राम्रोसँग चल्ने गरी बाटाहरु मर्मत गर्नुपर्छ, बाटा सहज भएमा हामीहरुले जनतालाई सेवा दिन्छौँ, श्रीनगर यातायात व्यवसायीका गाडीधनी गोपाल पौडेलले भने।’

अर्घाखाँचीका अधिकांश स्थानिय सरकारले मोटरबाटा मर्मतका कामहरु अगाडी बढाएका छन्, जिल्लाको पाणिनी, छत्रदेव, मालारानी गाउँपालिका र भुमिकास्थान, सन्धिखर्क, शितगंगा नगरपालिकाले बाटो मर्मत गरेर गाउँमा भित्रिने वडाबासीलाई स्थानिय सरकारले सहजता बनाउँन मर्मतको काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img