१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार
spot_img

नेविसंघ अर्घाखाँचीको शुभकामना आदानप्रदान तथा पदभार ग्रहण कार्यक्रम

अर्घाखाँची, २ कात्तिक । नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती अर्घाखाँचीले विजयादशमी , शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान, पदभार ग्रहण तथा इजराईलमा भएको घटनाप्रति दुःख तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै शान्तीबगैँचामा दिपप्रज्वलन गरेको छ ।

विपी स्मृति भवनमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सहमहान्त्री विष्णुप्रसाद खनाल मुस्कानले काँग्रेसको संगठन मजबुद गराँउनका लागि नेविसंघको भुमिका महत्वपुर्ण हुने बताए । उनले काँग्रेसको संगठनको नेतृत्वमा पुग्न पनि विद्यार्थी राजनितिको भुमिका उल्लेखनिय हुने बताउँदै जिल्लाभर नेविसंघ गठनमा लाग्न नेविसंघ जिल्ला कार्यसमितीलाई आग्रह गरे ।

कार्यक्रममा जिल्ला सभापति केशव श्रेष्ठ, सचिव कृष्ण खनाल, सहसचिव मेगराज पाण्डे, प्रदेश सभा (ख) का सभापति हेमन्त बेल्वासे, सन्धिखर्क नगरपालिका सभापति बाबुराम भुसाल, प्रेस युनियनका केन्द्रीय लेखा समिती सदस्य घनश्याम पौडेलले शुभकामना मन्तव्य राख्दै नेविसंघ पार्टीको मेरुदण्ड भएकाले संगठन विस्तारमा लाग्न आग्रह गरे । नेविसंघ जिल्ला कार्य समितीका अध्यक्ष कृष्ण भुसालको अध्यक्षता, सचिव बसन्त पौडेलको सञ्चालन र सचिव राजेन्द्र रायमाझीको स्वागतमा सम्पन्न भएको हो ।

त्यस्तै सोही अवसरमा नेविसंघ जिल्ला कार्यसमितीको हालसम्म निर्वाचित भएका अध्यक्षहरुलाई सम्मान नेविसंघ अर्घाखाँचीले गरेको छ। नेविसंघ अर्घाखाँचीका अध्यक्ष कृष्ण भुसालले जिल्ला कार्य समितीको उपाध्यक्ष धर्मराज बेल्वासे, धर्मराज पाण्डे, सचिवमा बसन्त पौडेल, राजेन्द्र रायमाझी, कोषाध्यक्षमा कमला घिमिरे, सहसचिवमा रिता भुसाल, सुदन रिजाल, सागर पौडेल, सदस्यहरुमा मिरा नेपाली, समुन्द्र खड्का भुसाल, गणेश आचार्य, सुभाष पाण्डे, प्रसिद्ध पाण्डे, पुष्कर खनाल, दिपक खनाल, केशव पाण्डे, सागर अधिकारी, प्रविन खनाल, सरु आचार्य र अविजित पन्थीलाई मनोनयन सँगै पदभार ग्रहणको प्रमाणपत्र हस्तान्तरण गरी जिम्मेवारी दिएका छन् ।

नेविसंघ अर्घाखाँचीले केहि दिन अगाडी इजराईलमा भएको घटनाको सम्झनामा मृतको चिरशान्तीको कामनाका लागी श्रद्धान्जली व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दिपप्रज्वलन गरेको नेविसंघ अर्घाखाँचीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (71%)
  • दुःखी (14%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (14%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️