एनआरएनमा भाँडभैलो, निर्वाचित बद्री केसीमाथि धाँधली गरेर चुनाव जितेको आरोप

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा निर्वाचित बद्री केसीमाथि धाँधली गरेर चुनाव जितेको आरोप लागेको छ।

मतगणनाको नतिजा सार्वजनिक हुँदा महासचिवका उम्मेदवार केशव पौडेलको शून्य मत देखिएपछि अध्यक्षमा पराजित उम्मेदवार र महासचिवका उम्मेदवार लगायतले चुनावमा धाँधली भएको आरोप लगाएका हुन्।

‘मलाई लगभग ८० प्रतिशतले भोट हालेका छन्। तर शून्य देखाइयो,’ महासचिवका उम्मेदवार पौडेलेले भने, ‘म आफैंले हालेको भोट पनि देखाइएन।’

अध्यक्षमा निर्वाचित बद्री केसी यसअघि पनि अध्यक्ष हुन्। यसपालि आरके शर्मा र महेश श्रेष्ठ बद्री केसीसँग अध्यक्षको प्रतिस्पर्धामा थिए।

घोषणा गरिएको परिणामअनुसार बद्री केसी १३७८ मत ल्याएर विजयी भए। यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरे।

पराजित भएका दुबै उम्मेदवारले आफूहरू निर्वाचन परिणाम अस्वीकार गर्ने बताएका छन्। उनीहरूले बद्री केसीले भोटिङ मेसिन कब्जा गरेर नियोजित रूपमा आफूहरूलाई हराइएको आरोप लगाएका छन्।

मतदातालाई सम्बोधन गर्दै प्रतिस्पर्धी श्रेष्ठले भने– यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताए ।

संघको महासचिवमा बद्री पक्षकै गौरीराज जोशी निर्वाचित भएको भनिएको छ । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र विनोद श्रेष्ठ निर्वाचित भएका छन् ।

उपमहासचिवमा सोम सापकोटा र प्रवीण गुरुङ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

दुर्गा वैदिक परमानन्द सन्यास आश्रमको प्रमुख आश्रमाधिपतिमा डा.स्वामी विमलानन्द सरस्वतीलाई पट्टाभिषेक गराइँदै

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img