२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार
spot_img

आलमदेवी मन्दिरमा कात्तिक ११ गते पुर्णिमा मेला सराय नाँच हुने

घनश्याम पौडेल
अर्घाखाँची, ५ कात्तिक । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा रहेको आलमदेवी मन्दिरमा कात्तिक ११ गते पुर्णिमा मेला लाग्ने भएको छ ।

दशैको पुर्णिमाको दिन लाग्ने पुर्णिमा मेलामा हजारौँ भक्तजनहरुको उपस्थिती रहन्छ । प्रत्येक वर्ष कोजाग्रत पुर्णिामाको दिन लाग्ने मेला सँगै सराय नाँच तथा मन्दिरमा भक्क्ल गरेका पुजा हुने गर्छन ।

पुर्णिमा मेलाको दिन राति चन्द्र ग्रहण र सुतक लाग्ने भएकोले मेला, पुजा, सराय नाचँ बेलुका ४ बजेसम्ममा सम्पन्न गर्नुपर्ने स्थानिय समाजसेवी तथा कृष्ण माविका प्रअ टेकनारायण गैरेले बताए । मेला, सराय नाचँ तथा पुजाआजाका लागी आयोजकले तयारी तिव्र बनाएको पण्डित तथा मन्दिर व्यवस्थापन समितीका अध्यक्ष चन्द्रमणि घिमिरेले बताए ।

आफन्तजनको भेटघाट हुने, चिनजान हुने, सराय नाँच हेर्न पाईने, पुजा गर्न पाईने भएकाले पनि पाणिनी बासीको घुईचो मन्दिरमा लाग्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (81%)
  • दुःखी (6%)
  • अचम्मित (13%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img