पाल्पा दुर्घटना अपडेट : मृत्यु हुने छ जनाको सनाखत (नामसहित)

काठमाडौं :  पाल्पामा निजी कार दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। सदरमुकाम तानसेनदेखि रानीमहल पुगेर फर्कने क्रममा तानसेनबाट १२ किलोमिटरमा रहेको बैकुण्ठे भिरबाट तल खस्दा घटना स्थलमै ६ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा एक जना पुरुष, तीन महिला र दुई बालक रहेका छन्। अन्दाजी ६५ वर्षका कृष्ण लोहनी, वर्ष ५५ की पार्वती लोहनी र ५५ कै चुना धिताल र ३५ वर्षकी सबिना धिताल रहेकी छिन्।

यसैगरी ११ वर्षका बालक ईश्वर लोहनी र २ वर्षका सबीन लोहनीको पनि दुर्घटनामा परेर मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ। घाइते चालकलाई भने उपचारका लागि मिसन अस्पतालमा भर्ना गरिएको छ।

कारमा चालकसहित ७ जना सवार थिए। अप्ठेरो ठाउँमा खसेकाले उद्धारमा ढिलाइ भएको हो। आज अपराह्न बागमती प्रदेश ७२०९ नम्बरको कार दुर्घटनामा परेको हो।  घटनालगतै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्मासहित तीन वटै निकायका सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित खबर

spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img