१६ फाल्गुन २०८०, बुधबार
१६ फाल्गुन २०८०, बुधबार
spot_img

पाल्पामा दुई जिप दुर्घटना हुँदा १३ जना घाइते

पाल्पा । पाल्पामा सोमबार दुई स्थानमा जिप दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

पाल्पाको रम्भा गाउँपालिका-४, हुमीनमा भएको जीप दुर्घटनामा ५ र सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–वुटवल सडकखण्डको तानसेन नगरपालिका-७, लामडाँडामा भएको अर्को जीप दुर्घटनामा ८ जना यात्रु घाइते भएका हुन् ।

आर्यभाङ्ज्याङ–रामपुर सडकअन्तर्गत पूर्वखोला गाउँपालिका–५, वीरकोटबाट रम्भाको हुमिन रमइडाँडा गएको लु १ ज ३९८३ नम्बरको जीप दुर्घटना हुँदा ५ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।

घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, गुल्मीको मालिकादेखि बुटवलतर्फ जाँदै गरेको लु १ ज ४१६५ नम्बरको जिप दुर्घटनामा घाइते ८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

जिपमा १५ जना चढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (50%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️